काठमाडौ, १९ मंसिर । नेपाल विद्युत प्राधिकरणले आज सोमबारदेखि दैनिक ६ घन्टा लोडसेडिङ गर्ने भएको छ । मस्र्याङदी जलविद्युत आयोजना मर्मत सुधार गर्ने काम गर्न सुरु भएको र नदिमा पानीको तह पनि घटेकोले लोडसेडिङ गर्नु परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक घण्टा अझै थप हुन सक्ने सम्भावना पनि औल्याएको छ ।
त्यसैगरी प्राधिकरणले ५० प्रतिशतसम्म चुहावट हुने फिडरमा दैनिक थप दुई घन्टा र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फीडरमा थप तीन घण्टा गरी दैनिक ९ घन्टा लोडसेडिङ हुने बताएको छ ।