चार ठाउँमा सुख्खा बन्दरगाह बनाउने चीनको प्रस्ताव

काठमाडौं, मङ्सिर २३- चीनले द्धिपक्षीय व्यापार विस्तारका लागि चार स्थानमा सुख्खा बन्दरगाह निर्माण गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ।
चीनका प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमण समयमा सुख्खा वन्दरगाह निर्माणको लागि सहमति हुनेछ। प्रधानमन्त्री जियावाओ यही पुस ७ गते तीन दिने भ्रमणको लागि नेपाल आउँदैछन्।

चीनले पुलार -यारी, जिलोङ - रसुवा, ज्याङमु - कोदारी र रिवा -ओलाङचुङगोलामा सुख्खा बन्दरगाह निर्माणको लागि प्रस्ताव गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल -चीन सीमा बन्दरगाह व्यवस्थापन नाम दिइएको सम्झौताको लागि सबै तयारी भइसकेको छ।

'यो सम्झौताले दुवै देश वीचको सम्वन्धलाई अझ मजवुत बनाएर द्धिपक्षीय व्यापारलाई बलियो बनाउने विश्वास छ,' चीनले पठाएको प्रस्तावमा भनिएको छ, 'सामान र मानिस ओहोर दोहोर गर्न समेत सजिलो हुनेछ।' चीनले पुलार -यारी, जिलोङ - रसुवा र ज्याङमु -कोदारी वन्दरगाहलाई अन्तर्राष्ट्रिय र रिउ -ओलाङचुङगोलालाई द्धिपक्षीय व्यापारिक बन्दरगाहको रुपमा विकास गर्ने प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ। सम्झौताको प्रस्तावमा यो भन्दा वाहेक अन्य अस्थायी बन्दरगाह चाहिएपनि बनाउन सकिने उल्लेख छ।


'यो भन्दा वाहेक कुनै वखत अस्थायी बन्दरगाह बनाउन पनि सकिनेछ,' प्रस्तावमा भनिएको छ। स्रोतका अनुसार दुबै मुलुक मध्ये कुनै एउटा मुलुकमा राष्ट्रिय संकटकाल, महामारी र विपति आएमा बन्दरगाह अस्थायी रुपमा बन्द गर्न सकिने प्रस्तावमा छ।
'तत्कालै ठूलो विपति आएमा २४ घन्टामै नाका बन्द गर्न सकिनेछ,' प्रस्तावमा भनिएको छ, 'अरु विपतिमा भने पाँच दिन अगाडी जानकारी दिएर बन्द गराउन सकिनेछ।' परराष्ट्रका अधिकारीका अनुसार सुख्खा बन्दरगाह निर्माणपछि व्यापारिक कारोबारलाई व्यवस्थित र सहज हुनेछ।

'व्यापारिक नाकामा रहेको कमजोर पूर्वाधारले व्यापार गर्न अप्ठ्यारो भइरहेको छ,' ती अधिकारीले भने, 'चीनले यही अप्ठ्यारोलाई संबोधन गर्न खोजेको देखिएको छ।'

यो बन्दरगाहको संचालनको लागि दुबै देशका अधिकारीहरु सम्मिलित संयुक्त संयन्त्र बनाउने प्रस्ताव गरिएको छ। यो संयन्त्रमा चीनको तर्फबाट स्थानीय सरकार, सुख्खा बन्दरगाह प्रशासन रहने संयुक्त कार्यदल बनाउने प्रस्ताव गरिएको छ।

यो अहिले नेपाल -चीनको व्यापार सहजीकरणको लागि लार्चामा सुख्खा बन्दरगाह निर्माण सुरु भएको छ। अहिलेसम्म सुख्खा बन्दरगाह निर्माणको लागि जग्गा अधिग्रहणको काम सकिएको छ। यो भन्दा वाहेक नेपाल -चीनवीचको व्यापारिक कारोबारलाई व्यवस्थित गर्न सकिएको छैन। नेपाल -चीनवीच सबैभन्दा ठूलो व्यापारिक कारोबार हुने व्यापारिक नाका तातोपानी -कोदारी हो। अरु व्यापारिक नाका ओलाङचुङगोला, किमाथान्का, रसुवागढी, मुस्ताङको कारोबार न्यून छ।

'दुई देशको व्यापार अभिवृद्धिका लागि व्यापारिक नाकालाई व्यवस्थित बन्नुपर्छ,' नेपाल -चीन व्यापार मैत्री संघका अध्यक्ष दुर्गा वहादुर श्रेष्ठले विहिवार नागरिकसँग भने, 'चीन विश्वमै ठूलो अर्थतन्त्रको रुपमा अगाडी बढेकोले समेत व्यापार विस्तारको लागि पूर्वाधार निर्माण आवश्यक छ।' उनका अनुसार नेपाल -चीनवीचको सबैभन्दा ठूलो कारोबार हुने तातोपानीतर्फको भन्सार नाकामा पूर्वाधार नहुँदा सामान भण्डारणदेखि धेरै समस्या रहेको छ।

'नेपालतर्फको भन्सार यार्ड अत्यन्तै साँघुरो छ। सामान राख्ने ठाउँपनि हुँदैन,' श्रेष्ठले भने, 'चीनको कारोबारलाई व्यवस्थित गर्ने हो भने सुख्खा बन्दरगाह आवश्यक भइसकेको छ।' गत आर्थिक वर्ष २०६७/०६८ मा चीनबाट ४५ अर्ब ६३ करोड बराबरको सामान आयात भएको थियो भने ७४ करोड बराबरको निकासी भएको थियो।

श्रेष्ठले अरबौको कारोबार हुने नाकालाई व्यवस्थित गर्न नसक्दा सामान ल्याउन समस्या परिरहेको बताए
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page