चितवन, मङ्सिर २३- भरतपुर कारागारमा सुतिरहेका थुनुवा शिव पौडेलसहित पाँच कैदीलाई मंगलबार आफूहरूले आक्रमण गरेको संलग्नले सकारेका छन्।
सरकारी छानबिन टोलीले बिहीबार सोधपुछ गरेकामध्ये अमित लामासहित तीनले संलग्नता सकारेका हुन्।
अमित लामा, शरण गुरुङ, फणिन्द्र श्रेष्ठ, सुनिल केसी, सुरज श्रेष्ठ, अमित लामा, र शरण गुरुङ र सुनिल गुरुङ छन्।
स्वीकार गर्नेहरुले अरुपनि आक्रमणका मतियार रहेको पनि स्वीकार गरेका छन्। छानबिन टोली संयोजक शंकर कोइरालाले भने 'छानबिनको मुख्य काम बिहीबारबाट शुरु भएको बताए। 'कारागारको स्थलगत निरीक्षण गर्यौँ,' उनले भने, 'शंकास्पदहरू मध्ये केहीसँग सोधपुछ सकियो बाँकी काम जारी छ। '
अन्य विषयमा भने अनुसन्धान जारी रहेको उनले बताए। कोईरालासँगै राष्ट्रिय अनुसन्धान विभागका निर्देशक तथा डिआईजी नवराज थापा, नेपाल प्रहरीका एसएसपी मधु पुडासैनी र कारागार विभागका निर्देशक दिपक नेपाल छानबिनमा सामेल छन। दिनभर भएको छानबिनका क्रममा प्रमुख जिल्ला अधिकारी गणेश कार्की,चितवन प्रहरी प्रमुख भुपाल भण्डारी तथा कारागार प्रशासनका पदाधिकारीहरुले सहयोग गरेका थिए। शुक्रबार पनि कारागारमा छानबिन जारी रहने टोलीले जनाएको छ।
अनुसन्धानका क्रममा सोधपुछ गरिएकाहरूलाई कारागार बाहिर जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ।
घटनामा संलग्न रहेको आशंकामा उनीहरू सहित २२ जनालाई अन्य कैदीबन्दीबाट छुट्याएर मंगलबार नै कारागारको घ ब्लकमा राखिएको थियो।
सुरक्षाकै कारण बिरामी राख्ने भवन ग ब्लकमा सुतेका शिव पौडेल सहितकालाई मंगलबार रुपमा क ब्लकमा रहेका कैदीबन्दीको समुहले आक्रमण गरेका थिए। उनीसँगै रहेका गोपी परियार,हरि बहादुर गुरुङ,प्रदिप भट्ट र बद्री ढुंगानालाई पनि मरणासन्न आक्रमण गरेका थिए।
बिहीबार नै शिव पौडेलको हेटौडा पुनरावेदन अदालतमा अन्तिम पेशी थियो। अन्य प्रमाण बुझाइसकेकाले अन्तिम प्रमाण बुझाएपछि पौडेल छुट्ने तयारीमा रहेको उनकी पत्नी बिन्दु पौडेलले बताइन्।
तर आक्रमणको योजना बुनिरहेकाहरुले पौडेल कारागारबाट बाहिरिनु पूर्व नै ज्यान मार्ने उद्देश्यले मंगलबार हत्या प्रयास गरेको उनी बताउँछिन्।
कारागार स्रोतका अनुसार पौडेलका भाई गोविन्द पौडेल गोपीको हत्यामा संलग्नहरुले न्ौ उनको हत्या गर्ने योजना बनाएका हुन। गोपी पौडेलको दुईवर्ष अघि भरतपुरमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो। उनकै हत्याको अभियोगमा जेल सजाय भोगीरहेका सुनिल केसी,सुरज श्रेष्ठ,शरण गुरुङ,फणिन्द्र श्रेष्ठ अमृत लामा लगायतले नै दाजु शिव पौडेलमाथी सांघातिक आक्रमण गरेको घाईतेहरुले किटानी सहित भनेका छन।
गोपी पौडेल हत्यामै मुछिएका युवा संघका प्रकाश रेग्मीको पनि मिलेमतो रहेको घाईतेहरुले बताएका छन। रेग्मी पौडेल हत्यापछि जिल्ला अदालत,पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा पुगको मुद्धामा तारेखमा रिहा भएका थिए।
पौडेल निकटहरु पनि पुरानै रिसइवीका कारण उनको हत्या गर्न खोजिएको बताउछन। 'आर्थिक लेनदेन छैन ,तत्काल झगडा भा छैन पौडेल निकट आनन्द राउतले भने बाहिर र कारागारमा रहेकाको योजनामा प्रहरीले समेत साथ दिएकाले घटना घटेको हो।'
तरुण दल पूर्व अध्यक्ष तथा सभासद महेन्द्र यादवले पनि कारागार भित्र भएको आक्रमण निन्दनिय भएको बताए। पौडेलको स्वास्थ्य अवस्था बुझ्न चितवन आएका उनले प्रहरी प्रशासनको चरम लापरबाही कारागार आक्रमण भएको दाबी गरे।
भेन्टिलेटरमै उपचाररत पौडेलको स्वास्थ्यमा भने केही सुधार आएको अस्पतालले जनाएको छ। उनलाई बिहीबारदेखि कृत्रिम स्वास कम दिइएको छ भने आफै स्वास लिन थालेका छन। उनको शरिरले दुखाईमा पनि प्रतिकृया दिन थालेको छ। तर टाउकामा चोट लागेको बिरामी होस नआएसम्म केही भन्न नसकिने उपचारमा संलग्न चिकित्सकहरु बताउछन।
तीन दिन अघि भरतपुर कारागारमा आक्रमण हुँदा गम्भीर घाइते नेपाल तरुण दल चितवनका सभापति शिव पौडेलको स्वास्थ्य अवस्थामा अति सामान्य सुधार भएको अस्पतालले जनाएको छ ।
उनको उपचार भैरहेको भरतपुरस्थित पुरानो मेडिकल कलेजले साँझ जनाएअनुसार पौडेलको स्वास्थ्यमा पहिले भन्दा सामान्य सेन्स (चेतना) बढेको छ । बिहीबारदेखि उनलाई कृत्रिम तरिकाले औषधिको प्रयोगबाट बेहोस बनाउने औषधि बन्द गरिएको छ ।
उनको मृत्यु भइसकेको हल्ला चलाइएको बेला अस्पतालले उनको पछिल्लो स्वास्थ्य स्थितिको बारेमा जानकारी सार्वजनिक गरेको हो । अस्पताल परिसरमा बिघटित तरुण दलका सभापति तथा सभासद् महेन्द्र यादवलगायतका नेताहरु आएका छन् ।
अस्पताल परिसरमा कांग्रेसका नेता कार्यकर्ताहरुको ठुलो संख्यामा भेला भएका छन् । कार्यकर्ताहरु आउजाउ गर्ने क्रम बढेको छ ।
मंगलवार बिहान कारगारभित्र सुतिरहेको अबस्थामा उनीमाथि त्यहिँको एक समुहले सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ । अस्पताल श्रोतका अनुसार उनको टाउकोको शल्यकृया भइसकेको छ ।
कारागारामा टोलीद्धारा छानविन सुरु
सरकारद्वारा गठित समितिले बिहीबार बिहानैदेखि कारागारमा अनुसन्धान थालेको छ ।
छानबिन टोलिका सदस्य र प्रहरी, प्रशासनको टोली कारागार परिसरमा बन्दिहरुसँग सोधपुछ सकेको छ । जिल्ला प्रशासन कार्यालयमा छानबिन टोलीको बैठक साँझ नै बस्ने तयारी गरेको छ ।