सभासद् बबनविरुद्ध अपहरण मुद्धा


baban sing
काठमाडौं, मंसिर १६ - स्वतन्त्र सभासद् बबन सिंहविरुद्ध अपहरण मुद्धा दायर भएको छ ।
वीरगन्ज उपमहानगरपालिका ३ का ४० वर्षीय राजेशमान सिंहलाई अपहरण गरेको अभियोग उनीमाथि लगाइएको छ । प्रहरीका अनुसार सभासद् सिंहसहित लालबाबु शास्त्री र रवि शास्त्री समेतको मिलेमतो र योजनमा अपहरण गरी हत्या गर्ने प्रयास गरेको उनीहरुविरुद्ध किटानी जाहेरी परेको छ ।
भारत घर भएका शास्त्रीद्वय काठमाडौंको न्यूरोडमा ज्योतिष कार्यालय सञ्चालन गर्दै आएका छन् ।
राजेशमानको कात्तिक २७ गतेको किटानी जाहेरीका आधारमा प्रहरीले लालबाबु र रविलाई पक्राउ गरी उपहरण तथा शरीर बन्धक उद्योग मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सभासद् बबन सिंहलाई पनि प्रहरीसामू उपस्थित हुन शुक्रबार संसद सचिवालयमा पत्राचार गरिएको छ ।
बबन संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचित हुन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page