सशस्त्रका डिआइजी कोइरालाद्वारा श्रीमतीको हत्या स्वीकार, अदालतद्वार पाँच दिने म्याद


Jail handcoffedकाठमाडौ, माघ ८ - सशस्त्र प्रहरी बलका डिआईजी रञ्जन कोइरालाले आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनलाई श्रीमतीलाई हत्या गरेको आशंकामा आइतबार बिहान पक्राउ गरिएको थियो ।

प्रहरी अधिकारीले बयान लिने क्रममा कोइरालाले अपराध स्वीकार गरेको स्रोतले दावी गरेको छ । आइतवार नै प्रहरीले जिल्ला अदालतबाट पाँच दिनका लागि थुनामा राखेर अनुसन्धान गर्नका लागि म्याद लिएको छ ।

प्रहरीको काठमाडौं परिसर र अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरीले उनलाई राजधानी बाहिरबाट आउँदै गर्दा नागढुङ्गमा पक्राउ गरेर हनुमान ढोका पुर्‍याइएको थियो । पुस २७ गते आफ्नै घरबाट बेपत्ता भएकी डिआईजी कोइरालाकी श्रीमती गीता ढकालको हत्या गरेको आशंका उनलाई पक्राउ गरिएको थियो ।
प्रहरीले दुई दिनअघि मकवानपुरको पालुङ्मा एउटा लास भेट्टाएको थियो । डिआईजी कोइराला उक्त घट्नास्थल पुगेको भन्ने खवरका आधारमा आशंका गरी पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । 
हनुमान ढोकमा डिआइजी कोइरालासंग एसपीद्वय देवेन्द्र सुवेदी र राजेन्द्र श्रेष्ठले सोधपुछ गरिरहेका छन् ।
यसअघि ढकालका आफन्तहरुले डिआईजी कोइरालाले श्रीमती गीताको अपहरण गरेको उजुरी गर्न खोज्दा पर्याप्त प्रमाण नभएको भन्नै दर्ता गरिएको थिएन । डिआईजी कोइरालाले भने विगत १० बर्षदेखि आफूहरु छुट्टिएर बसेको दावी गर्दै आएका थिए ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page