मृत्यु हुने १३ भारतीय, ६ जना घाइते (नामावलीसहित)
पोखरा, जेठ १ (नागरिक)- पोखराबाट मुस्ताङको जोमसोम उडेको अग्नि एअरको ९ एन एआइजी विमान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोक्किएर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा १३ भारतीय नागरिक र २ नेपाली छन्। घाइतेलाई तारा एयरको विमान तथा हेलिकोप्टरबाट पोखरा ल्याइएको छ।
पोखरास्थित नागरिकन्युजकर्मी सन्तोष पोखरेलका अनुसार १८ यात्रुसहित उक्त विमानमा २१ जना थिए। दुई भारतीय बालिका र दुई डेनिस नागरिक जीवित रहेको पर्यटन व्यवसायी प्रकाश पौडेलले बताए। क्याप्टेन प्रभुशरण पाठकले उडाएको विमानका सहायक चालक एसडी महर्जन छन् भने एयरहोस्टेज आर हैजू छन्। घाइते भएकी एयरहोस्टेज हैजुको पोखरामा उपचार भइरहेको छ।
यसैगरी नागरिकन्युजकर्मी मनोज अधिकारीले जनाएअनुसार घाइतेलाई उद्दार गरी अस्पताल पुर्याउन पोखरा विमानस्थल ७ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका थिए। जोमसोममा हावा चल्न सुरु भइसकेकाले तीन घाइते मात्र पोखरा ल्याउन सकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।
यात्रुहरु मुक्तिनाथ दर्शनका लागि विमान चार्टर गरेर त्यसतर्फ गएका थिए।

घाइते उद्दार गरी आएको विमानको पोखारमा प्रतीक्षा। तस्बिर:मनोज अधिकारी
घाइतेलाई एम्बुलेन्समा राखिँदै। तस्बिर:मनोज अधिकारी

घाइतेको उद्दार गरिँदै। तस्बिर:सन्तोष पोखरेल

घाइते लिएर मणिपाल अस्पताल परिसरमा अवतरण गरेको हेलिकोप्टर। तस्विर सौजन्य : दुर्गा पौडेल
पोखरा, जेठ १ (नागरिक)- पोखराबाट मुस्ताङको जोमसोम उडेको अग्नि एअरको ९ एन एआइजी विमान जोमसोम विमानस्थल नजिकै डाँडामा ठोक्किएर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा १३ भारतीय नागरिक र २ नेपाली छन्। घाइतेलाई तारा एयरको विमान तथा हेलिकोप्टरबाट पोखरा ल्याइएको छ।
घाइते यात्रुहरु
आर एन्ड्रीअस र टी इमिली (डेनमार्क)
बालिका तिरुमाला किदाम्बी श्रीवर्द्धिनी र तिरुमाला किदाम्बी श्रीपाद (भारत)
एयर होस्टेज रोसनी हाइजु (नेपाल)
पाँचैजनाको अवस्था सामान्य, अस्पतालबाट उपचारपछि घर फर्कन लागेका।
तिरुमाला किदाम्बी श्रीकान्थ (भारत) मणिपाल शिक्षण अस्पतालमा आइसीयुमा उपचाररत

मृत्यु हुने
१) के. मामान्या
२) एसके अरोरा
३)एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान् कुमार१३) श्रीमती कुमार
१) के. मामान्या
२) एसके अरोरा
३)एम हान्डा
४) एम अरोरा
५) आर हान्डा
६) के अरोरा
७) टी सचदेव
८) जी सचदेव
९) सानाइम सुधार
१०) लथा इकाम्बादे
११) जी रमन
१२) श्रीमान् कुमार१३) श्रीमती कुमार
मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा मार्फा-५ को डाँडामा दाहिनेतिरको पङ्खाले छोएर अग्नि एयरको डोनियर विमान आज बिहान ९.५० बजे उक्त दुर्घटना भएको थियो।
विमानमा दुई पाइलट, एक परिचारिका र १८ जना यात्रु थिए। दुर्घटनामा १५ जनाको घटनास्थलमै मृत्यु भएको थियो। रासस
बाग्लुङबाट नागरिकन्युजकर्मी दिलिप पौडेलकाअनुसार ९ जनाको शव निकालिसकिएको छ। उद्दारमा संलग्न प्रहरी निरीक्षक राजेन्द्र पोखरेललाई उदृत गर्दै उनले जनाएअनुसार ६ जनालाई जीवित उद्दार गरिएको हो। शव च्यापिएको अवस्थाबाट निकालिएको छ। प्रहरी निरीक्षक पोखरेलले १५ जना मृत्युको पुष्टि गरे।यसैगरी नागरिकन्युजकर्मी मनोज अधिकारीले जनाएअनुसार घाइतेलाई उद्दार गरी अस्पताल पुर्याउन पोखरा विमानस्थल ७ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका थिए। जोमसोममा हावा चल्न सुरु भइसकेकाले तीन घाइते मात्र पोखरा ल्याउन सकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्।