‘ब्राम्हण नेतृत्व भएको पत्रकार महासंघ जनजाति आन्दोलन र मागप्रति सकारात्मक छैन’, शेर्पाले भन्नुभयो, ‘प्रेसमाथि आक्रमण भएको निहु बनाएर हाम्रा बिरुद्ध उत्रे बाँकी राख्दैनौँ ।’ आफ्ना बिरुद्ध पत्रकारले कुनै गतिविधि गरे भौतिक प्रत्याक्रमणमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।
शेर्पाले बन्दमा पत्रकार माथि भएको घटनाको विरोधमा जुलुस निकाले प्रतिकार गर्ने चेतावनी दिएपछि पत्रकारले तत्काल बिरोध गरेको प्रत्यक्षदर्शी पत्रकार पत्रकार खिला कार्कीले जनाकारी दिनुभाये । ‘हामी माथि भएको आक्रमणको बिरुद्ध उत्रिदा भौतिक आक्रमणमा उत्रिने हो भने हामी उहाँलाई बहिस्कार गर्छौँ भन्दै पत्रकारले प्रतिक्रिया दिनुभयो’, कार्कीले भन्नुभयो, ‘त्यसपछि केही भनाभन भयो ।’ क्लबको सभाकक्षमा तनाव भएपछि प्रहरीले शेर्पालाई बाहिर निकालेको थियो ।
क्लवबाट बाहिरिने क्रममा शेर्पाले क्लबका अध्यक्ष ऋषि धमलालाई पनि नछोड्ने चेतावनी दिनुभएको थियो । शेर्पाले ‘म यि पत्रकारलाई छोड्दिन’ भन्दै मोबाइलमा तस्बिर खिच्नुभएको थियो । पत्रकारलाई जहाँ भेट्यो, त्यहीँ भौतिक आक्रमण गर्ने शेर्पाको भनाई छ ।
यसअघि पनि शेर्पाले संघीयता बिरोधी मिडिया बहिस्कार गर्ने र एकपक्षीय सूचना प्रवाह गरिरहे विज्ञापन रोक्ने चेतावनी दिनुभएको थियो । उहाँले विभिन्न राजनीतिक दलका नेतालाई पूर्वराजा ज्ञानेन्द्रको पैसा खाएर संघीयताको बिरोध गरेको आरोपसमेत लगाउनुभएको थियो ।
आक्रमणको विरोधमा काठमाडौंमा पत्रकारको प्रदर्शन
बन्दकर्ताले पत्रकारमाथि आक्रमण गरेको विरोधमा पत्रकारले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुरक्षा दिन र निर्वाध समाचार संकलन गर्ने वातावरण बनाउन माग गर्दै उनीहरुले माईती मण्डलामा पत्रकारले प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अगुवाईमा भएको प्रदर्शनमा बन्द आयोजकले माफी माग्नु पर्ने र तोडफोड गरिएका सम्पत्तिको क्षतिपूर्ति दिनुपर्ने पत्रकारले माग गरेका छन् ।