बिरामी नै हुँ !
नेपाल बन्दको क्रममा आइतबार पोखराको पृथ्वीचोकमा बन्दकर्ताले पर्वतबाट बिरामी बोकेर आएको एम्बुलेन्स तोडफोड गरेपछि बिरामीका आफन्त अत्तालिदै बिरामीको कागजात देखाउँदै। तस्बिर सौजन्यः दुर्गाप्रसाद पौडेल
जल्यो पत्रकारको बाइक
जनजाति महासंघका कार्यकताले ग्वार्कोमा जलाउँदै गरेको पत्रकारको मोटरसाइकलको तस्विर खिच्दै पर्यटक। तस्विरः विजय राई
लठ्ठीको भरमा बन्द
लठ्ठी हातमा लिएर चाबहिलमा जबरजस्ती बन्द गराउन हिँडेका नेपाल जनजाति महासंघका कार्यकर्ता। तस्विरः केशव थोकर
बल्यो टायर
पुर्वपश्चिम लोकमार्गको सप्तरी कदमाहा खण्डमा टायर वाल्दै। तस्बिर:मिथिलेश यादव
आदिवासी जनजातिको बन्दमा साइकलयात्रीलाई अवरोध गर्दै बालबालिका । बन्दमा स-साना बालबालिकालाई पनि प्रयोग गरिएको छ । तस्बिरः विकास रौनियार/ईकान्तिपुर
प्ाोखराको पृथ्वीचोकमा तमुवान स्वायत्त प्रदेश लेखिएको बोर्ड नजिकै राखिएको अखण्ड नेपाल पश्चिमाञ्चलको बोर्ड बन्दकर्ताले आगो लगाएर जलाउन खोजेपछि ट्यांकरको पानीले आगो निभाउँदै । तस्बिरः शिव शर्मा/ईकान्तिपुर![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_snUDHfM6aO8OMp9x-O6yCE5WLJfHjMqPhDYaKLy8L8cNCZFzvHj_LvnTd15Xn5JE6upiL9wwnnQqUy-d2JnMGmdmXOtEASHmehRfX54Zf2xHjE3HGCkagLnC1sdQ_RJIaIUcGNvEhu9Yk3Ri0yDTUOVNmUA9iTgKzQcLDVTdnC0n51zkGN9Zo316DtHYZrS8l-uWyGUMWewASLT6CvHjOLRmSNrY1rnujlgletCwT9YCegm_Ssyakg=s0-d)
जता ततै तनाव
आदिवासी जनजातिले आहृवान बन्दका क्रममा पोखरामा भएको झडप । तस्वीरः दुर्गा पौडेल/अनलाइनखबर![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_sIIELZnXya8Zg6NA4LDc7czr5D2hXnWmSFfiXf0Ppa3UkZ8MAzN2h-WpkqAv6LSUr0nN37S9JRNMUv4XObnDXRZ3hHF2b3TEXd1fr2AfnjC_3u1bVkY0zYHV6ZeYZBRwzWD1F1ePmx7dg8sU8EeVatoYuPHo1dFBEr88_Gm0ZGrTcUX_8BR8ScGsjzNTKE4CENJvTaQsAy-8HrI5o4B1TySMHouNnHExUkJo41KTJK79DdulHjzu4=s0-d)
प्रेसमाथिको आक्रमण वन्द गरौ
बन्दका क्रममा भएका प्रेसमाथिको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाले राजधानीमा निकालेको विरोध र्यालीमा सहभागी पत्रकारहरु । तस्वीर : अनलाइनखबर![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_tae6Bcu0HWmjWBiYrfM-FWPigeoapSzOmeKDIPJWUpSCa5trCvjTVPncc6wJ8MRgUv452b6ztkRDeJP-pvzEvDXN_oBAlJhXydV78Y6hRmEYEe_gG7bloMwU15A00YKu06stWDmxxr5l7rtNeBBYaJFXeqvcQrBCtX0t-l5dfN443YuFuV9ifZ3f5AyhU4vc1yig8i81iRtIeIvdj2YPBcgzyQJAyFAg79bNMQkjW6zSxfj6YRQYE=s0-d)
‘हामी बन्दकर्ता’
आदिवासी जनजातिले आहृवान गरेको बन्दका क्रममा सडक देखिएको समूह । बन्दकर्ताहरुले पत्रकारहरुलाई समेत आक्रमणको निसाना बनाएका छन् । तस्वीरः अनलाइनखबर![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_twGhmNFAtzxFHsgACOSoxpyelmSiRXQ6HGt-Zhtk6-8_lg0wzjnLaqky4pKFHo2aKhSbJOCe7EMXMue_U-m4ESr8BsuYQ9jhPiSBJ00YPsB_M_KdPmp-t4XsB_3yKQjL-sUGj06wo-XwkwwPFGs6s1uAv0oiNQYgMq7v_jmQkMe5BSmD-Ab9V2ceuji23zr7hsEVAEec4Ot83sE5LLITsX45usBhW3tLQBBrzL-kKxiAKVn-HeFq8=s0-d)
सखापै भयो नि
बन्दको अवज्ञा गरेको भन्दै आदिवासी जनजाति संयुक्त संर्घष समितिका कार्यकर्ताले आईतबार राजधानीमा तोडफोड गरेको मोटरसाईकल । तस्वीर : अनलाइनखबर![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_udTKd4lINA7ZXK7uvZrH9W5_lG517DGKyF975FFKHb95-nmI7he0E2PxGW2ajNS0DZtEzlr5sCKx2uNEPGNA7G5QFMRxQy4S8tG9ygmxPbXL9g3jcZ5rlt5CfLgOlgOdSYpy7qCXRhSNg6YAaGxsXXI-WW9LHLlBf-QPTLO7XSWUgbTql4XgXn8OgRZ7YffiflBDWBvpV_DAeKvjsvTzIGsm_oOMG_k3FLnxX2bi5GI5q7RwX_jGfD-tt8T19qODg=s0-d)
सुरक्षाकर्मी नै सास्तीमा
वन्दकर्ताहरुले मोटरसाईकलको हावा खुस्काए दिएपछि ललिपुरको पुलचोकमा मोटसाईकल डोराउदै एक प्रहरी । तस्वीर : प्रकाश ढुंगा![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uea8OFjvRWQwrdAjzGfRTT5Y7nb72Xn2wUzgjQkwhs6v35gK0ErwrkQVFb-2F9s1Js6w1czBh7_210me86AD4w2lyf2w3EoGPNbe6-V42juArzg19MC9TnJ0abroV2F-xTiOHccaeThe6eX5e8YgSbZeY6vB1ctOr7vAIIYDIPw6XTAFnch9Cw7pwKmyP37nATtlQ5JpA2rAf4esR1mKXiMz4x9sxszoLu4U0hIW4=s0-d)
एक बहादुर पत्रकार
आदिवासी जनजातिले आहृवान बन्दका क्रममा पोखरामा भएको झडप ।
बन्द उल्लंघन गरेको भन्दै थारु संयुक्त संघर्ष समितिका कार्यकर्ताले नबलपरासीकोबासामा आगजनी गरेको बस । तस्वीरः वृजराज कुशवाहा/ऑनलाइन खबर ...
संविधानसभा भवन अगाडि जनजातिको विरोध
७ जेठ, काठमाण्डौं । पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको बन्दका कारण आइतबार राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको समयमा सवारी चलाएको र आदिवासी जनजातिको आन्दोलनको समाचार प्रसारण नगरेको भन्दै कान्तिपुर, एभिन्युज, हिमालय र सगरमाथा टेलिभिजनका सवारी साधनमा बन्द कर्ताहरुले तोडफोड गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg0BrOCHIO9aj05zFqrdxkrDJxlcQZlTJ1rab38kpr4JNxbvLxDT0vpbtZst4wNR9cn1cA2OIO89FGRdquBMpj-gC8taVRwfMuI-1yVZDe-mfE2NH_6mmwgV6GnSZ-9YirTKMOLbzwseE4/s400/Bus+agjani.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhjFd0HPH4Iiw9oPy6zmhqy_yedDeng_yu8seGcGXDA8En_dyGwCZpAZtrCwZ6nHGJL6mdidFZk06rQfr1-BB6ZcH0ejX6ISeR_GnRj28d3Lv0mGe4ToKu3KdJSOzTEiGJ72ZMYfeeQo3E/s1600/janjati.jpg)
नेपाल जनजाति महासंघद्वारा संविधानसभा भवन अगाडि गरिएको प्रदर्शन। तस्विरः दीपेश श्रेष्ठ/नागरिक न्यूज ...![](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_sizuocrBYM6imyjKWQ8UJCYvuxAI6eFaIWnIUHzaQ4qfb7Eo4z4Wzo65FyDQdk7FqmKUSzvrlHiCnGhukMhZ7pR_jcdyAXKsgwNJUCZ9vy6zdMjGnTElLKBiRnIooVL1KgzQ=s0-d)
आदिवासी जनजातिको बन्दले जनजीवन प्रभावित (फोटो फिचरसहित )
७ जेठ, काठमाण्डौं । पहिचान सहितको संघीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त संर्घष समिति लगायतका विभिन्न संर्घष समितिले गरेको बन्दका कारण आइतबार राजधानी लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दको समयमा सवारी चलाएको र आदिवासी जनजातिको आन्दोलनको समाचार प्रसारण नगरेको भन्दै कान्तिपुर, एभिन्युज, हिमालय र सगरमाथा टेलिभिजनका सवारी साधनमा बन्द कर्ताहरुले तोडफोड गरेका छन् ।
बन्दको आव्हान गर्दै विहानैदेखि सडकमा उपस्थित भएको बन्दकर्ताहरुले कर्मचारी लिन जाँदै गरेको एभिन्युज टेलिभिजनको सवारी, पत्रिका पुर्याएर र्फकर्दै गरेको कान्तिपुर पव्लिकेसनको भ्यान, रिपोटिङमा जाँदै गरेका हिमालय टेलिभिजनका क्यामरा पर्सनको बाईकमा तोडफोड गरेका छन् ।![banda-janajati--9](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_uEGqIP8X_5SAiQtWXbge5t4hEOQxFKvILAkSHJToUP-c5XFp5RNsTdCEyUJYREjZnM2HTNTDL0NQVEoI0iA61yU6X_kRA9Xa1Ga1KLceKz3gPofJCqFPOJq8s9YS61bZqD_rlR-Qainjba=s0-d)
बन्दको आव्हान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको माग गर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आहृवान गरेका छन् ।
यता जनजाति महासंघले बन्दको अवधिमा पनि प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, दमकल, रेडक्रस आदीका सवारी साधनलाई अवरोध नर्गन आग्रह गरेको छ ।