माओवादी पार्टी कार्यालयमा भेटियो तीन वटा बम


२२ असार, चितवन । चितवनस्थित माओवादी पार्टी कार्यालयमा आज दिउँसो तीन वटा बम फेला परेका छन् । ती बमलाई नेपाली सेनाको बम विस्पोजल टोलीले निष्कृय बनाएको छ ।
चितवन भरतपुर-६ स्थित पार्टी कार्यालयको फाहोर फ्याँक्ने ठाउँमा ती बम फेला परेका थिए । फेला परेका ती बम प्रयोग गर्न नमिल्ने अवस्थामा रहेको सेनाले जनाएको छ । सेनाका अनुसार ती बम लुकाएर राखेको अवस्थामा थिएन । उक्त बम कसले-किन राखेको भन्नेबारे केही थाहा भने हुन सकेको छैन् । 
कार्यालय सुरक्षामा खटिएका प्रहरीले बम भेटेपछी सेनालाई खबर गरेका थिए । एक साता अघि कार्यालयका एमाओवादी र नेकपा-माओवादीको बीच भएको झडपमा गोली चलेपछि कार्यालय प्रहरीले जिम्मा लिएको छ ।
चितवनमा दुवै माओवादीले एउटै कार्यालय आफ्नो दाबी गर्दै आएका छन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page