चितवनमा रहेका अधिकांश जसो एग्रोभेटहरु मापदण्ड विपरित संञ्चालन भएको पाईएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आज पूर्वि चितवनमा रहेका एग्रोभेटहरुको अनुगमनका क्रममा यस्तो पाईएको हो । कृषी विकास कार्यलयको अनुगमन टोलीले पुर्वी चितवनका एक दर्जन भन्दा बढी एग्रो भेटमा बिहिवार अनुगमन गरेको छ । एग्रोभेटहरुमा गरिएको अनुगमनको क्रममा धेरै जसो पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाईएको छ । चितवनमा विषादीको बढी प्रयोग हुने गरेको पाईएकाले त्यसको न्युनिकरणका लागि जिल्ला कृषि विकास कार्यलयको टोलीले अनुगमन गरेको हो । अधिकाश पसलहरुमा म्याद नाघेका विषादी,भारतमा प्रतिवन्धीत औषधी, असुरक्षित तरीकाले विषदी राखिएको तथा दुवै व्यवसाय एकै ठाउबाट सञ्चालन गरिएको भेटिएको छ । पदमपुर–५ मा रहेको सरु एग्रोभेट,पदमपुर–५ कै वलि एग्रोभेट ,खैरेनीमा रहेको राम जानकी एग्रोभेट लगाएतका एग्रोभेटले मापदण्ड विपरीत व्यावसाय सञ्चालन गरेको पाईएको हो । अनुगमनका क्रममा पुर्वी चितवनका एग्रोभेटमा म्याद नाघेका पांच काटुन फयराडन ,सोलफोस ,चक्र जिङ तथा एग्रोन डैज लगायत विषादी पाइएको छ । एग्रोभेट कम्पनीले म्याद नाघेका बीउ, मल र विषादी राखेको भेटिएको जिल्ला कृषि कार्यालयका प्रसार अधिकृत रामचन्द« गौतमले बताउनु भयो । एग्रोभेटहरु विना प्रमाणपत्र संञ्चालनमा रहेका, समय सकिएका विषादीहरु विक्रि वितरण गरेको, र विषादी सम्वन्धि ज्ञान नभएका व्यक्तिहरुले विक्रि वितरण गर्ने गरेको पाईएको हो । जसले गर्दा मानव स्वास्थ्य सगैं वातावरणमा पनि नकारात्मक असर पर्ने गरेको जिल्ला कृषी विकास कार्यालय चितवनका वालिविकास अधिकृत कमलनाथ वाग्लेले वताउनु भयो ।
Share this Page
Popular Posts
-
मिस नेपाल २०१२ को बिजेता सृष्टि श्रेष्ठ चितवनको नारायणघाटमा जन्मेका हुन् । मिस नेपाल २०१२ मा सृष्टिले अरु १५ जना प्रतियोगीहरुलाई पछि पार्...
-
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छि...
-
CHITWAN, June 26: A girl, who had gone missing from Jagatpur in Chitwan district, has been found at Sunauli border entry point. Represe...
