१० असार, काठमाडौं ।
पहिलो संविधानसभाबाट दोस्रो संविधानसभामा तेस्रो पार्टीमा झरेको एमाओवादी संविधानसभा उपनिर्वाचनमा जमानतनै जफत हुने अवस्थामा पुगेको छ । एकपछि अर्को हार ब्यहोर्दै कमजोर रुपमा पार्टी प्रस्तुत हुन थालेपछि एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर परिणामलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।
भट्टराईले लेखेको स्टाटस यस्तो छ ।
हालै सम्पन्न ४ वटा उपनिर्वाचनको नकारात्मक परिणामलाई एमाओवादीले गम्भीरतापूर्वक लिनैैपर्छ ।
संविधानसभा, गणतन्त्र , धर्मनिरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्र जस्ता युगान्तकारी राष्ट्रिय एजेण्डाहरुको अगुवाइ गर्ने शक्तिले संस निर्वाचनमा एक पछि अर्कों हार वेहोर्नु सामान्य कुरा होइन ।
वेलामा वस्तुनिष्ठ आत्मसमीक्षा गरौं । नत्र भोलि धेरै ढिलो भैसकेको हुनेछ ।