रानाको ५० लाख झ्याम हुने --
काठमाडौ, भदौ १५ । अबको ठीक दुई हप्तापछि भक्तपुरको बालकोट घरतिर सोझिने आईजीपी रविन्द्रप्रताप शाह विदामा बस्न नपाएर छटपटाएको चर्चा छ। प्रधानमन्त्री इरानको राजधानी तेहरानमा हुने १६ औं असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनबाट आगामी भाद्र १६ गते फर्केपछि बस्ने मन्त्रिपरिषदको बैठकले भावी प्रहरी महानिरीक्षकको टुंगो लाग्ने बताइएको छ। यसैबीचमा राष्ट्रिय सहमतिको सरकार बन्ने चर्चा र दलहरुबीच फेरि शुरु भएको सकारात्मक बैठकले आईजीपी शाहले भाद्र २९ गतेसम्म आईजीपीको टुङ्गो नलागुन्जेल आईजीपी निवास नछाड्ने भएको समाचार स्रोतले बतायो। करिव डेढ वर्ष अगाडि चिठ्ठा परेर आईजीपी बनेका शाहले भोजभतेर गर्न पाएका थिएनन्। आईजीपी बन्नेक्रममा रमेश चन्द ठकुरीका विरुद्ध शाहले बानेश्वरस्थित बेइजीङ्ग डकमा केही सञ्चारकर्मीहरुलाई व्यक्तिगत तर्फबाट लाखौं रुपियाँ खर्च गरेर भोज दिएको तर त्यो भोज बालुवाको पानीमा परिणत भै चन्द आईजीपी बनेको समाचार स्रोतले बतायो। हाल पदमै रहेर प्रहरी संगठनकै पैसामा गत हप्ता लगातार विदेशी रक्सीसहितको विदाई भोज दिएको समाचार सूत्रले बतायो। विदाई भोजमा आईजीपी शाहका नातागोता, शुभेच्छुकहरुको उपस्थिति रहेको बताइएको छ। डेढ वर्षसम्म संगठनलाई गति दिन नसकी शान्ति सुरक्षाको स्थितिलाई धरासायी बनाउका आईजीपी शाहले नेपाल प्रहरीभित्र हुने ठेक्कापट्टाबाट भने मोटो रकम हात पारेको समाचार स्रोतले बतायो। खासगरी श्रीमती सगुन शाहको निर्देशनमा चल्ने गरेका आईजीपी शाह इतिहासमा अक्षमको पगरी भिरेर जान लागेको बताइएको छ। आईजीपी शाहकै कार्यकालमा काठमाडौं उपत्यका लगायतका ठाउँमा बढी व्यक्तिहरुले ज्यान गुमाउनु परेको सर्वसाधारण असुरक्षित बन्नु परेको समाचारमा उल्लेख छ।

एआईजी रानाको ५० लाख झ्याम हुने
काठमाडौं/ मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागी सर्वोच्च अदालतबाट निर्देशनात्मक सफाई पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुवेरसिंह रानाको रु. ५० लाख झ्वाम हुने बताइएको छ। एआईजी रानाले उक्त रकम आईजीपी बन्नकालागि बैना बापत एनेकपा आओवादीकी नेतृ हिसिला यमीलाई दिएको समाचार सूत्रले बतायो जबकि गृहमन्त्रीको चाहना र सिफारिसबिना नेपाल प्रहरीमा प्रहरी महानिरीक्षक बन्न असम्भव छ। दुई महिनाले मात्र वरिष्ठ बनेका राना महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन्। न्यायाधीश रणबहादुर बमको हत्यारालाई पत्ता लगाउन नसकेका र शान्ति सुरक्षासमेत कायम गर्न असफल भएका एआईजी राना जनजाती नेता एवं पूर्व प्रहरी महानिरीक्षकको बुई चढेर प्रहरी महानिरीक्षक बन्न लालायित भएको समाचार स्रोतले बतायो। एआईजी रानालाई एनेकपा माओवादीका अर्थमन्त्री वर्षमान पुन, नेकपा माओवादीका नेता रामबहादुर थापा, देवप्रसाद गुरुङ तथा किलोशेरा टुका नायक एवं भ्रष्टाचारबाट सफाई पाएका पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको समर्थन रहेको बताइएको छ जबकि नेपाल प्रहरीको इतिहासमा डी.बी. याकथुम्बा, डी.बी. लामा र हेमबहादुर गुरुङ आईजीपी बन्दा जनजातीको नाममा भाइरस पसेका थिए। अहिले यो एआईजी रोगले उग्ररुप लिएको छ।
रानालाई प्रहरी महानिरीक्षक बनाउँदा विवादमा पर्ने डरले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खासै चासो नदिएको स्रोतको कथन छ। कथंकदाचित राना आईजीपी भैहाले प्रतिस्पर्धीहरु सर्वोच्चमा गएर निर्णय खारेज गराउने समाचार स्रोतले बतायो। आजसम्म विदेश भ्रमण गर्न नपाएका र एक जना विदेशीले समेत नभेटेका एआईजी रानालाई आईजीपी बन्न फलामको च्यूरा चपाउनु सरह हुने बताइएको छ।
उता, मोमेन्टो गार्मेन्ट बेईजीङ्ग डक रेष्टुरेन्ट लगायतका उद्योगपति चण्डीराज ढकालले विभिन्न बैंकलाई बुझाउनुपर्ने दुई अर्ब ८३ करोड रुपैयाँ नबुझाएपछि कारबाहीकालागि गएको फाईल प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले बेपत्ता पारेको समाचार स्रोतले बतायो। कालोसूचीमा परेपछि कुनै सार्वजनिक समारोहहरुमा नदेखिएका ढकाल आफ्ना भाइ नवराज ढकाललाई आईजीपी बनाउन बेलुका बेलुका प्रहरी उच्च अधिकारीहरुसँग जाँड खान र लविङ्ग गर्न एमाले नेताहरुसित उपस्थित हुने गरेको स्रोतको कथन छ। तथापि यो सरकारले आईजीपी नबनाउने सम्भावना बढेको समाचार स्रोतले बतायो।

- Dong Krishna Bahadur Tamang · Top commenter · Tribhuvan Universityबिगतदेखि यो देश र देशबासीलाई शोसन, दमन, अन्याय र अत्याचार गर्ने यिनै कथित मानव अधिकारकर्मीको पुर्खाहरु अर्थात सामन्ति बाहुनबादी राज्यसत्ताबाट भएको घाम जस्तै छर्लङग छदै छ हैन र । १० बर्षे जन बिद्रोह कस्को कारणले भयो? यिनै कथित अधिकारकर्मीका पुर्खाको कारणले गर्दा भएको होईन र? अहिले मुलुकको सर्बोच्च न्यायलयको खिल्ली उडाउदै एउटा देशभक्त, ईमान्दार, क्षमतावान र प्रभावशाली राष्ट्र सेवकको बिरुद्धमा यि समुहहरु किन र कस्को निर्देशनमा सलबलाई रहेका छन्? बुझ्न त्यती कठिन छैन । उनका बिरोधीहरुले बिभिन्न समयमा बढुवा हुदा बढुवा रोक्नकै लागी षड्यन्त्र गर्दै आएता पनि उनिहरुको केहि तागत चलेको छैन । राना मगर एसपी हुदै २०६० साल असोज २१ गते धनुषाको कटहैया चौरी भन्ने ठाउंबाट माओबादीका पाँच जना कार्यकर्तालार्ई बेपत्ता बनाई हत्या गरेको भन्ने आरोप लगाईएको थियो । त्यो हत्या काण्ड हुदा राना मगर हनुमान ढोका काठमाण्डौमै कार्यरत र धनुषा जिल्लामा सरुवा हुने प्रकृयामा थिए । त्यस बखत धनुषा जिल्ला प्रहरी कार्यालय एसपी बिहीन थियो । कुबेरसिंह राना सो ठाउमा नपुग्दा सम्म जनकपुर अञ्चल प्रहरी कार्यालयका अञ्चल प्रमुख एसएसपी चुडा बहादुर श्रेष्ठको कमाण्डमा थियो धनुषा प्रहरी । राना मगर त पछि मात्रै पुगेका हुन । जुन समय हत्या काण्डको मुचुल्का बन्दै थियो । मुचुल्का बनाउदा ताका तत्कालिन धनुषाका प्रमुख जिल्ला अधिकारी, तत्कालिन शाही सेनाका गुल्मपति मेजर अनुप अधिकारी, एसएसपी चुडा बहादुर श्रेष्ठ अनि मात्र उनि हुन ।http://www.samabad.com/
show.php?sn=827&atsn=33. - Dong Krishna Bahadur Tamang · Top commenter · Tribhuvan University"मानवअधिकार कर्मीका" विरुद्द अदालतको मानहानीको मुद्दा दायर गर्ने.
Vidhu P. Kayasthaमिडिया एक्स्पर्ट ( Media Expert) विधु प्रकाश कायस्थले नेपालको सम्मानित सर्वोच्च अदालतले एआइजी कुबेरसिंह राना मगरको पक्षमा गरेको फैसलाको विरुद्द प्रधानमन्त्री बाबुराम भट्टराई स्मृतिपत्र पेश ( Memorandum) गर्ने 'मानव अधिकार कर्मी( Human Rights Activists)' हरुका विरुद्द अदालतको मानहानीको मुद्दा दायर गर्ने भएको छ भिडियो हेर्नु होला । http://www.samabad.com/show.php?atsn=33&sn=838. - Dong Krishna Bahadur Tamang · Top commenter · Tribhuvan Universityकुबेरसिह रानामगरलाई प्रहरी महानिरीक्षक नबनाउन भन्दै सुशील प्याकुरेल, चरण प्रसाई, सुबोधराज प्याकुरेल, मन्दिरा शर्मा, डा. गोपालकृष्ण सिवाकोटी जस्ता कथित मानवअधिकारकर्मीहरुले २०६१ श्रवान ३१ गते प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै गम्भीर मानवअधिकार उल्लंघनको मुद्दा लागेका रानालाई महानिरीक्षक नबनाउन ध्यानाकर्षण गराएका छन ।.
चरण प्रसाईको योजना अनुसार यि मानवअधिकारकर्मीहरुले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाउन पुगेको समाचार सुत्रको भनाई छ । बर्तामान सरकार बिरोधी तत्वका रुपमा चिनिने यि तत्वहरुमा सुबोधराज प्याकुरेल एमालेका कार्यकर्ता हुन भने चरण प्रसाई एआईजी भिष्मा प्रसाईको नातेदार हुन । मन्दिरा शर्मा एडभोकेसी फोरमको नाममा पीडितलाई थप पिडा दिँदै बिदेशी मुद्र आर्जन गर्ने ब्यक्ती हुन । सुत्रका अनुशार यि मानव अधिकारबादीहरु १० बर्षे जनयुद्धकालमा माओबादी बिद्रोहीहरुको सुराकी गरी राज्यलाई रिपोर्ट बुझाउने जमात हुन ।.
२०५२ साल फागुन १ गते देखी सुरु भएको १० बर्षे जनयुद्धमा १७ हजार भन्दा बेसी नेपाली नागरिकले ज्यान गुमाएका छन । यि १७ हजार नेपाली नगरिकको हत्याको जिम्मेवारी को हो? बिगत देखी यो देस र देसबासिलाई शोषन, दमन, अन्याय र अत्याचार गर्ने यिनै कथित मानव अधिकारकर्मीको पुर्खाहरु अर्थत सामन्ती बाहुनबादी राज्यसत्ता र राजातन्त्र हो?
१० बर्षे जनबिद्रोह कस्को कारणले भयो? यिनै कथित अधिकारकर्मिको पुर्खाको कारणले गर्दा भएको होईन र? अहिले मुलुकको सर्बोच्चा न्यायलयको खिल्ली उडाउदै एउटा देशभक्ता, ईमान्दार, क्षमतावन र प्रभावशाली राष्ट्रा सेबकको बिरुद्धा यि समुहाहरु किन र कस्को निर्देशानमा सलबलाई रहेकाछन । अब कुनै पनि तत्व वा समुहाहरु एउटा इमान्दार, कर्मठ र देशभक्ता राष्ट्रसेबकको बिरुद्धा खडा हुन्छ भने यो देशको आदिबासी समुदाय आफ्नो हातमा दही जमाएर बस्नेवालामा छैन ।. - Dong Krishna Bahadur Tamang · Top commenter · Tribhuvan Universityयस्तो झुटो र हावादारी समाचार अनि पित पत्रकारिताको कुनै दम छैन ।.