ढल निर्माणमा कमसल सामाग्री प्रयोग,नगरपालिका र ठेकेदारको लापरवाही

चितवन असार ९,
ढल निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको भन्दै रत्ननगरवासीले विरोध जनाएका छन् । निर्माणको जिम्मा पाएको ठेकेदारले ढल निर्माणमा दुई नम्वरको इट्टा प्रयोग गरेको र सिमेन्ट र वालुवाको मात्रा नमिलेको भन्दै स्थानियवासीले विरोध जनाएका हुन् । रत्ननगर ८ को हरिहर चोकमा अहिले ढल निर्माणको काम भईरहेको छ । कमसल निर्माण सामाग्रीको प्रयोग भएपछि आफुहरुले ढल निर्माणको काम रोकिदिएको नागरीक सरोकार मञ्चका अध्यक्ष युग थापाले जानकारी दिनुभयो । निर्माण कार्यको अनुगमन नहुँदा यस्तो समस्या आएको थापाले  वताउनुभयो । सडक डिभिजन कार्यालय भरतपुरले ढल निर्माण गरेपनि नगर भित्र भईरहेको विकास निर्माणको काममा रत्ननगर नगरपालिकाले पनि चासो दिनुपर्ने मंचका अध्यक्ष थापाको भनाई छ । रत्ननगरमा ढल निर्माणको काम सुरु भएको लामो समय वितिसकेपनि विभिन्न कारणले अझै निर्माण सम्पन्न हुन सकेको छैन् ।
Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page