पार्बती थापामगरको एआईजीपीमा बढुवा भए महिला शक्तिको सम्मान हुने


पार्बती थापामगरको एआईजीपीमा बढुवा भए महिला शक्तिको सम्मान हुने
बाबुराम भट्टाराई नेतृत्वको सरकारले बरिष्ठा डिआइजी पार्बती थापागरको एआईजिमा बढुवा गर्नु भएन भने  आधा आकाश ढाकेको महिलाहरुको साथै सिंगो आदिबासी समुदायको  अपमान गरेको ठहरिने छ ।
यतीखेर सुडान घोटला काण्डाको केही हस्तीहरु रमेश बिक्रम शाहलाई  एआईजिमा बढुवा गर्नको लागी न्वारन देखिको बल प्रयोग गरेर लागी परेका छन । रमेश बिक्रम शाह पनि सुडान घोटला काण्डाको अभियुक्त हुन । 
काठ्माण्डौ, १० असोज/ प्रहरी महानिरीक्षकमा कुवेरसिंह रानाको नियुक्ति र ६ जना एआईजीको अवकाश पश्चात रीक्त रहेका एआईजी पदका लागि प्रतिश्पर्धी बीच प्रतिस्पर्धा चरम सीमामा पुगेको छ । सबै आफ्नै अनुकुल वातावरण बनाउन दौडधुपमा व्यस्त छन् । नेपालको इतिहासमा एआईजी बढुवा प्रतिस्पर्धामा यसपाली दुई महिला प्रतिस्पर्धी पनि दौडमा सामिल छन्, डिआईजी पार्वती थापामगर र विमला थापा ।
डिआईजी पार्वती थापामगर र विमला थापा मध्य पार्बती थापामगर अग्रपंक्तिमा छन । प्रश्न उठ्छ महिलालाई असक्षम ठान्ने नेपाली समाजले दुई महिला मध्ये एकलाई एआईजी बनाउने दुश्शाहस गर्ला त? एआईजी बढुवाको वरीष्ठता क्रम हेर्ने हो भने दिनकर शमशेर जबरा, गंगा प्रसाद पाण्डे, रमेश विक्रम शाह (सुडान घोटाला काण्डमा ६ महिना निलम्बीत), विनोद सिंह  ठकुरी, पुस्कर नाथ रेग्मी, पार्वती थापा मगर अग्रपंक्तीमा पर्दछन् ।
बरीष्ठता क्रममा रहेका पाँच एआईजीका प्रतिश्पर्धी वर्तमान प्रहरी निरीक्षक कुवेरसिंह रानासंगै २०४० कार्तिक ३० गते प्रहरी सेवामा भर्ती भएका हुन् भने महिला डिआईजी पार्वती थापामगर २०४० साल फाल्गुन १ गते भर्ना भएकी हुन् । दिनकर शमशेर जबरा, गंगा प्रसाद पाण्डे, रमेश विक्रम शाह (सुडान घोटाला काण्डमा ६ महिना निलम्बीत), विनोद सिंह  ठकुरी, पुस्कर नाथ रेग्मीहरु बरिष्ठा एआईजी नवराज ढकाल र भिष्मा प्रसाई संगै २०७० कार्तिक ३० गते अवकाश हुने छ भने त्यही दिन आईजिपी कुबेरसिंह रानाले पनि अवकाश प्रप्ता गर्नु हुनेछ । बर्तमान सरकारको आदिबासी र महिला प्रती हेर्ने नियत सकारत्माक भए २०७० कार्तिक ३० गते देखी २०७० फाल्गुन १ गते सम्मा पार्बाती थापामगरलाई नेपाल प्रहरिको प्रमुख(आईजिपी)को रुपमा देख्नु हुनेछ । 
गणतन्त्रको महान् उपलब्धी भनेको जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक उत्पीडनमा परेकाहरुको समस्यालाई सम्बोधन गरी स्तरोन्नती गराउने जस्तो चर्को नारा सुनीएता पनि यथार्थमा परीदृष्य विलकुल भिन्न छ । अहिले पनि नेपालको राज्य व्यवस्था पुरातन सोचबाट उन्मुक्त हुन सकेको छैन भन्ने उदाहरणको रुपमा मुख्य सचिबको प्रतिश्पर्धी विन्दा हाडाले अपमानको घुट पीउनु परेको दृष्य नेपाली जनताले प्रत्यक्ष रुपमा देखेका छन् । नेपालमा अहिले पनि महिलाको कार्यक्षेत्र भनेको बच्चा जन्माउने र बच्चाको स्याहार गर्ने, घरको काम गर्ने, पतिको सेवा गर्ने भन्ने सोचबाट किन्चीत पनि परीवर्तनको संकेत देखिएको छैन । नेपालको छिमेकी मित्र राष्ट्र भारतमा प्रतिभा पाटिल भारतको सर्वोच्च पदमा सौभायमान भइन्, त्यस्तै भारतको इतिहासमा स्वर्ण अक्षरमा लेखिने प्रधानमन्त्रीको नाममा स्वर्गीय इन्दिरा गान्धीलाई हाल सम्म कुनै पुरुष प्रधानमन्त्रीले उछिन्न सकेको छैन, बंगलदेशमा शेख हसीना वाजेद बेगम जीया प्रधानमन्त्री हुन सफल भएकी छिन्, भारतका ठुला ऐतिहासीक पार्टि कांग्रेस पार्टीको बाघडोर महिला नेत्री सोनीया गान्धीको हातमा नै छ । नेपालमा छलांग र पुरुष र महिला रथका दुइ पांग्रा हुन् भन्ने शब्द राजनितीक मंचमामा बारम्बार उच्चारण गरीने भ्रम पुर्ण शब्द हो । छलागं भन्ने शब्द  उफ्रीएको जस्तो देखाइ एक इन्च अगाडि नबडि त्यहि स्थानमा आइपुग्ने शब्द बन्न पुगेको छ । नेपालको पितृ सत्तात्मक समाज पुरुषरुपी मात्र एक पांग्राबाट चल्ने प्रवृतिका कारण विश्व मानचित्रमा नेपाल पछाडि परेको हो ।
जुन प्रकारले दुरदर्शी दक्ष कार्यकुशल वर्तमान् प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको पक्षमा जनदबाब र जनमत सृजनाले अन्ततः जनचाहनाको जीत भएको छ । त्यस्तै नेपाली महिला जगतद्धारा जनदबाबको सृजना गरीए एआईजी पदमा पार्वती थापाको नियुक्ति अवश्यम्भावी छ । दुई महिला एआइजी प्रतिश्पर्धी मध्ये पावर्ती थापा वरीष्ठ जुझारु एवं कार्यकुशल प्रहरी अधिकृत हुन् । पार्वती थापाले कुशलतापुर्वक डिआइजी को रुपमा सुदुर पश्चिमको कमाण्ड सम्हालीन, महिला प्रहरी सुन्तली धामी प्रति आफ्नै समकक्षी प्रहरीद्धारा उत्पीडन गरीएको मुद्दालाई उठान गरी सुन्तलीलाई न्याय दिलाउन प्रस्तुत हुने पार्वती थापा नै हुन् । सुन्तली माथी अपराध गर्ने अपराधीहरु जेलको कालकोठरी दिन विताइरहेका छन् । सुन्तली काण्डमा नारी चण्डि शक्तिको परीचय दिदै तत्कालीन गृहमन्त्री रावललाई खुला चुनौती दिने पावर्ती थापामगर नै हुन् । हाल पार्वती थापामगर  मध्ये पश्चिम डिआइजीको रुपमा कुशलतापुर्वक कमाण्ड सम्हालीरहेका छन् ।
एआईजी बढुवा गर्दा प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री गच्छदारद्धारा विगतको जस्तै हचुवाको भरमा नभई वरीष्ठता, योग्यता, दक्षताका साथै जातीय, क्षेत्रीय, वर्गीय, लैंगिक सन्तुलन मिलाउन पनि अति जरुरी देखिन्छ । जातीय सन्तुलनको कुरा गर्ने हो भने डिआईजी दिनकर शमशेर जबरा, रमेश विक्रम शाह, विनोद सिंह ठकुरी हुन् भने गंगा प्रसाद पाण्डे, पुष्कर नाथ रेग्मी बाहुन समुदायका पार्वती थापामगर महिला एवं जनजाती समुदायका हुन् । योग्य, दक्ष र महिला भएको कारणले गर्दा सन्तुलन मिलाउन हेतु पनि पार्बती थापामगरको बढुवा हुनु अति जरुरी देखिन्छ । पार्वती थापामगरलाई महिलाको रुपमा नहेरी उनको योग्यता, दक्षता र जुझारुपन आफ्ना समकक्षी पुरुष प्रतिश्पर्धा भन्दा कम छैनन् । अन्तमा प्रधानमन्त्री भट्टराई, गृहमन्त्री गच्छदारले साहसका साथ आधा नेपाल ओगटेको महिला शक्तिको सम्मानलाई उच्च बनाउन  पार्बती थापामगरलाई एआइजीमा बढुवा गरी न्याय दिनै पर्छ र नेपाल प्रहरीको इतिहासमा प्रथम महिला एआईजी नाम कोरीने अवसरबाट बन्चित गराउनु हुदैन, यसले पार्बती थापामगरको नभई सिंगो महिला र जनजातीमाथि अन्याय गरीएको ठहरीने छ ।

-अमरदिप मोक्तान
Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page