विनियमावलीमा टेकेर बैंकबाट रकम झिकेको बोर्डको दाबी

१६ जेठ, काठमाडौं । कर्मचारीको नाममा किर्ते गरी बैंकबाट रकम झिकेर भ्रष्टचार नगरेको नेपाल पर्यटन बोर्डले दाबी गरेको छ । बोर्डका कर्पोरेट सर्भिसेज महाशाखाका निमिक्त निर्देशक अनिल दासले विज्ञप्ती जारी गर्दै सो दाबी गरेका हुन् ।
NTB-Buildingआन्दोलनरत पर्यटन व्यवसायीहरुले बैंकको स्टेटमेन्टको गलत विश्लेषण गर्दै झुटो आरोप लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । चेकद्धारा झिकीएको रकम केमा खर्च गरिएको भन्ने पूर्ण विवरण बोर्डमा रहेको बताउँदै सबै हिसाब बिल भौचर व्यवस्थीत रुपमा राखिएको दाबी गरिएको छ ।
आर्थिक विनियमावली, २०७० को विनियम २३ मा बोर्डका सबै तहका कर्मचारीहरुलाई मालसमान खरिद, भ्रमण काज, तालिम, सेमीनार, मर्मतलगायत तलब, भत्ता, ज्याला तथा कार्यक्रम सञ्चालन आदि बापत पेस्की दिन सकिने व्यवस्था रहेको बताइएको छ ।
व्यवसायीहरुले भने उक्त विनियम बोर्डमा भएको रकम अनाधिकृत रुपमा व्यापक प्रयोग गर्न पाउने गरी आफु अनुकुल ल्याएको दाबी गर्दै आएका छन् । एकै पटकमा करौडौं रुपैयाँ खर्च गर्न पाउने गरी बिनियम ल्याएर बोर्डमा ब्यापक भ्रष्टाचार गरिएको व्यवसायीको आरोप छ ।
बोर्डको विज्ञप्तीमा विनियमावलीमा कार्यालयको कामको सिलसिलामा स्वदेश तथा विदेशमा हुने विभिन्न मेला, उत्सव, महोत्सव, गोष्ठी आदिमा बोर्डको तर्फबाट गर्नुपर्ने खर्चका लागि कर्मचारीको नाममा पेस्की दिने व्यवस्था गरिएको बताइएको छ । सोही विनियमावलीको व्यवस्थाअनुसार अपि्रल महिनासम्म कर्मचारीले लिएको ऋण रकम पनि चेक काटी भुक्तानी गरेको बोर्डको दाबी छ ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page