काठमाडौं । आकर्षक डिजाइन र थप सुविधासहित होण्डा सिटी कार नेपाली बजारमा भित्रिएको छ । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बिहीबार राजधानीमा होण्डा सिटीको चौथो जेनेरेशन सार्वजनिक गरेको छ ।
ज्योति समुहका अध्यक्ष पद्य ज्योति, होण्डा कार्स इन्डियाका प्रमुख बजार प्रबन्धक पिआर रामाकृष्णन्, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहि्रद ज्योतिले संयुक्त रुपमा होण्डा सिटी कार सार्वजनिक गरे ।
नयाँ होण्डा सिटीको नेपाली बजारमा सेवा सुविधाअनुसार ३४ लाख २५ हजार रुपैयाँदेखि ४७ लाख ५० हजार रुपैयाँसम्म पर्ने सौरभ ज्योतिले जानकारी दिए । भारतीय बजारमा बिक्री सुरु गरेको दुई महिनापछि नेपाली बजारमा पनि बिक्री सुरु गरिएको हो ।
यस कारमा चारैतिर उत्कृष्ट रुपमा बेरिएको पुच्छ्रे बत्तीहरु, मजबुत विङ फ्रेम, हावाको ग्रील, विद्युतीय छत, मोडिएको संकेत दिने सुविधायुक्त ओआरभिएम, पछाडी बस्नेका लागि वातानुकिलत सेवाहरु रहेका छन् ।
त्यसैगरि, नयाँ सिटीमा पछाडी हेर्न क्यामेरा, ठूलो स्पेश, आईफोन तथा एन्ड्रोइड मोबाइल सम्पर्क यन्त्र, हृयान्ड्स फि्र फोनको सुविधा, इञ्जिन चलाउने र बन्द गर्ने एउटै बटन, आकस्मिक अवस्थामा शिर र शरिरको अग्र भागलाई सुरक्षा दिलाउन एसआएस एयर ब्यागहरु रहेको कम्पनीले जनाएको छ ।सम्पूर्ण सुविधायुक्त नया होण्डा सिटी नेपाली ग्राहकहरुको खास रोजाईको कार हुने ज्योति समुहका अध्यक्ष पद्य ज्योतिले विश्वास व्यक्त गरे ।
यस कारले प्रतिलिटर १८ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । पि्रमियम उपभोक्तालाई लक्षित गरि निर्माण गरिएको भएपनि होण्डा सिटीको मूल्य मध्यम वर्गिय उपभोक्तालाई समेत लक्षित गरि निर्धारण गरिएको होण्डा कार्स इन्डियाका प्रमुख बजार प्रबन्धक रामाकुष्णन्ले बताए । कारमा मोबाइल चार्ज गर्नका लागि अगाडी दुईवटा र पछाडी दुईवटा डिभाइस राखिएको छ ।आकर्षक डिजाइनमा रहेको नयाँ होण्डा सिटीमा सुरक्षा र गुणस्तरमा कुनै सम्झौता नगरिएको रामाकृष्णन्ले दाबी गरे । गाडीमा प्रयोग गरिएको टेक्नोलोजि उत्कृष्ट रहेको बताइएको छ ।एशियन बजार, वातावरण र सडकलाई अध्ययन गरेर नयाँ होण्डा सिटी निर्माण गरिएको सौरभ ज्योतिले बताए । स्पोर्ट डिजाइन, स्लोप फ्रन्ट फेस, ठूलो डिक्की, कम तेल खाने इञ्जिन, उत्कृष्ट माइलेज, कम भाइब्रेसन, उत्कृष्ट सुरक्षा प्रणाली, १६५ एमएम ग्राउन्ड क्लियरेन्स लगायतका सुविधाहरु नयाँ होण्डा सिटीका विशेषताहरु हुन् ।सेवा सुविधा र डिजाइनमा कम्पनीले कुनै सम्झौता नगरेको दाबी गरिएको छ । नेपालमा ७ भेरियन्टमा उपलब्ध नयाँ होण्डा सिटी यस वर्ष २०० थान बिक्री गर्ने लक्ष्य राखिएको छ । यस अगाडी बजारमा आएको होण्डा सिटी ५ सय थान बिक्री भएको सौरभ ज्योतिले बताए ।कम्पनीका अनुसार नेपालमा सिटी इएमटिको ३४ लाख २५ हजार, सिटी एसएमटिको ३६ लाख ५० हजार, सिटी एसभिएमटिको ३८ लाख २५ हजार, सिटी भिएमटिको ४० लाख, सिटी भिएक्सएमटिको ४२ लाख र सिटी भिएक्ससिभिटि मोडलको ४७ लाख ५० हजार रुपैयाँ पर्ने छ ।नयाँ होण्डा सिटीको नेपाली बजारमा सेवा सुविधाअनुसार ३४ लाख २५ हजार रुपैयाँदेखि ४७ लाख ५० हजार रुपैयाँसम्म पर्ने सौरभ ज्योतिले जानकारी दिए । भारतीय बजारमा बिक्री सुरु गरेको दुई महिनापछि नेपाली बजारमा पनि बिक्री सुरु गरिएको हो ।
यस कारमा चारैतिर उत्कृष्ट रुपमा बेरिएको पुच्छ्रे बत्तीहरु, मजबुत विङ फ्रेम, हावाको ग्रील, विद्युतीय छत, मोडिएको संकेत दिने सुविधायुक्त ओआरभिएम, पछाडी बस्नेका लागि वातानुकिलत सेवाहरु रहेका छन् ।
त्यसैगरि, नयाँ सिटीमा पछाडी हेर्न क्यामेरा, ठूलो स्पेश, आईफोन तथा एन्ड्रोइड मोबाइल सम्पर्क यन्त्र, हृयान्ड्स फि्र फोनको सुविधा, इञ्जिन चलाउने र बन्द गर्ने एउटै बटन, आकस्मिक अवस्थामा शिर र शरिरको अग्र भागलाई सुरक्षा दिलाउन एसआएस एयर ब्यागहरु रहेको कम्पनीले जनाएको छ ।सम्पूर्ण सुविधायुक्त नया होण्डा सिटी नेपाली ग्राहकहरुको खास रोजाईको कार हुने ज्योति समुहका अध्यक्ष पद्य ज्योतिले विश्वास व्यक्त गरे ।
नेपालमा नयाँ होण्डा सिटी कारहरु कार्नेलियन रेड पर्ल, गोल्डेन ब्राउन मेटालिक, एलाबास्टर सिल्भर मेटालिक, टाफ्फेटा हृवाइट, क्रिष्टल ब्ल्याक पर्ल र अर्बान टाइटेनियम मेटालिक रङमा उपलब्ध छ ।
नेपालमा पहिलोपटक होण्डा सिटी सन् २००२ मा भित्रिएको थियो । बाजेदेखि नातिसम्मले सिटी चलाउने गरेको बताउँदै सौरभ ज्योतिले सिटी चलाएका ग्राहकहरुले अन्य ब्रान्ड नरोज्ने दाबी गरे ।