हमालको बिहे पार्टीमा फिल्मीकर्मीदेखि प्रधानमन्त्रीसम्म

नायक राजेश हमालले बिहेको केही दिन पश्चात वुधबार बेलुकी काठमाण्डौको शंकर होटलमा भव्य पार्टी दिए । हमालको बिहे पार्टीमा हजार भन्दा बढी आमन्त्रित अतिथीहरु पुगेका थिए । प्रधानमन्त्री सुशिल कोइरालादेखि विभिन्न पार्टीका चर्चित नेताहरु हमालको बिहेमा देखिए ।
एकिकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराई पत्नी हिसिला यमीको साथमा पुगेका थिए । यस्तै, नेपाली कांग्रेसका नेता शेरवहादुर देउवा, नेकपा एमालेका नेता माधवकुमार नेपाल, कांग्रेस यूवा नेता गगन थापा, मालेका महासचिव सीपी मैनालीलाई हमालको बिहे पार्टीमा देखियो । यस्तै, विभिन्न देशका राजदुतहरु पनि पार्टीमा हमाललाई वधाई दिन पुगेका थिए ।
उद्योग व्यवसायी, प्रशासनिक निकायदेखि लिएर देशकै चर्चित अनुहारहरुलाई हमालको पार्टीमा देखिएको थियो । नायक राजेश हमालले शनिबार प्रेमिका मधु भट्टराईसँग बिहे गरेका थिए । हमालको बिहेमा विभिन्न कुटनीतिक नियोगका पदाधिकारी समेत देखिए । बिहेमा सिने क्षेत्रका अनुहार भन्दा अन्य क्षेत्रका अनुहारलाई बढी देखियो ।सिनेमा क्षेत्रबाट निक्कै कम अनुहारहरु मात्र देखिए । राजेश हमालका समकालिन नायकहरु शिव श्रेष्ठ र भूवन केसी पार्टीमा देखिए । यस्तै, नायक जीवन लुइटेल, सुमन सिंहलाई यूवापुस्ताको प्रतिनिधीत्व गर्दै निम्ता गरियो ।नायक राजेश हमालसँग पर्दामा रुचाइएकी नायिका करिश्मा मानन्धर पनि कार्यक्रममा देखिइन् । यस्तै, अन्य नायिकाहरुमा झरना थापा, अरुणिमा लम्साल, सुमिना घिमिरे देखिए । हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल, जीतु नेपाललाई पार्टीमा रमाउँदै गरेको देखियो ।  गायक राजेश पायल राई, निर्माता संघका अध्यक्ष राजकुमार राई, निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, कलाकार संघका अध्यक्ष नवल खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ पार्टीमा देखिए । यी बाहेक केही निर्माता तथा निर्देशक मात्र पार्टीमा देखिएका थिए । पार्टीमा नायक राजेश हमाललाई फुलका बुकी, विभिन्न गिफ्ट ह्याम्पर दिएर पाहुनाहरुले वधाई दिएका थिए । हमालपनि उपस्थित पाहुनाहरुको मायालाई आत्मसाथ गर्दै खुशी देखिएका थिए । करिब ९ बर्ष लामो प्रेमलाई बिहेमा परिणत गर्दै नायक राजेश हमालले ५० बर्षको उमेरमा प्रेमिका मधु भट्टराइलाई आफ्नो जीवनसाथी बनाएका हुन् । 

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page