उपनिर्वाचन कांग्रेसका लागि मत सर्वेक्षण : मन्त्री सिंह

१६ जेठ, चितवन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले असार ८ गते हुने उपनिर्वाचन नेपाली कांग्रेसका लागि मत सर्वेक्षण भएको बताएका छन् ।
चितवन क्षेत्र नम्बर ४ मा हुने उपनिर्वाचनको अवस्था बुझ्न चितवन पुगेका मन्त्री सिंहले प्रेस युनियन चितवन शाखाले गरेको कार्यक्रममा दोस्रो संविधानसभा निर्वाचन पछि कांग्रेस नेतृत्वको सरकार बनेको र लगत्तै भएको उपनिर्वाचन सरकारको कामको मूल्यांकन गर्ने माध्यम बनेको बताए । अहिलेसम्म सरकारले राम्रो काम गरेको भन्दै उपनिर्वाचनमा पनि कांग्रेस उम्मेद्वारलाई जिताउन सिंहले आग्रह गरे ।
यता सरकार सञ्चालनका विषयमालाई लिएर एमालेले गुनासो गरेको भन्दै त्यो गुनासोको कुनै औचित्य नभएको सिंहले बताएका छन् । सहमतिय सरकारको संस्कार अनुसार नेपाली कांग्रेस अघि बढेको सिंहको भनाई छ । कांग्रेस नेतृत्वको सरकार सत्ता साझेदार दल नेकपा एमालेसँग सँधै सहमति गरेर अघि बढ्ने बताउँदै सिंहले सरकारको नीति तथा कार्यक्रम निर्माण लगायतका काम गर्दा सँधै एमालेको सहमति लिने बताए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेको संख्याको भरमा पेलेर संविधान नबन्ने भनाईप्रति लक्षित गर्दै सिंहले संविधान सबैको साझा भएकाले आपसी सहमति गरी सरकार अघि बढ्ने बताए ।
संविधानसभाका बाँकी सभासद् पनि अापसी समझदारीमै चयन हुने सिंहको दाबी छ ।

Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page