काठमाडौ, जेष्ठ १६ - सीजी एजुकेशनले एसएलसीपछिको गन्तव्यबारे शैक्षिक सेमिनार आयोजना गरेको छ ।
प्रज्ञा प्रतिष्ठान हल कमलादीमा भएको कार्यक्रममा एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षाको गन्तव्य, अवसर र चुनौतिबारे जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै सीसी एजुकेशनका प्राज्ञिक प्रमुख भूषण गुरुङले २१ औं शताब्दीमा सफल बन्नका लागि विद्यार्थीहरुले सीपयुक्त बन्नुपर्ने औंल्याए ।
क्याम्पियन एकेडेमीका प्रमुख नविन श्रेष्ठले बिद्यार्थीहरुले आफ्नो प्राथमिकता अनुसार लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
यसैबीच नवलपरासीको दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा शुक्रबार ऊर्जा मन्त्री राधा ज्ञवाली र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ज्ञानोदय छात्रवृत्ति वितरण गरे ।
नवलपरासीका ४२ सामुदायिक विद्यालयका उत्कृष्ट एक सय ८२ जना विद्यार्थीलाई जनही पाँच हजार नगद र प्रमाणपत्र वितरण गरिएको चौधरी ग्रुपले जनाएको छ ।