जर्मन राजदूतले गरे चौधरी ग्रुपको भ्रमण

१५ जेठ काठमाडौं । नेपालका लागि जर्मनका राजदूत फ्रान्क मेकेले चौधरी ग्रुपको अवलोकन भ्रमण गरेका छन् । भ्रमणमा राजदूतसँग आर्थिक प्रवर्धनका लागि सेन्टर फर इन्टरनेशनल माइग्रेसन एन्ड माइक्रेसन (सिआईएम) विज्ञ क्रिष्टिन फलकनबर्ग पनि सहभागी थिए ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्रुपले कार्यान्वयनमा ल्याएको सिजी-नेपाल सोसल विजनेशको उद्देश्यका बारेमा जानकारी गराए ।
‘हामी नेपालका धेरैभन्दा धेरै नेपाली युवाहरु उद्यमशिल बनुन् भन्ने चाहन्छौं, यो लक्ष्य हासिल गर्नका लागि नेपालमा सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएका हौं’ अध्यक्ष चौधरीले भने- ‘विजनेशनको अवधारणा भएर पनि पुँजीको अभावमा काम गर्न नपाएका युवाहरुलाई सिजी-नेपाल सोसल विजनेशबाट वित्तिय सहयोग उपलब्ध गराइनेछ ।’
नेपाल आर्थिक र सामाजिक रुपमा पिछडिएको पृष्ठभुमिमा आम नेपाली नागरिकको जीवनस्तरमा सुधार ल्याउने लक्ष्यका साथ चौधरी ग्रुपले सोसल विजनेशको अवधारणा लागु गरेको राजदूतलाई जानकारी गराए ।
राजदुत मेकेले सिजी-नेपाल सोसल विजनेशका माध्यमबाट नेपालमा शुरु गरेको व्यवसायिक कार्यक्रम आम नेपालीको जीवनस्तर सुधारका लागि प्रभावकारी सावित हुने विश्वास ब्यक्त गरे । निजी क्षेत्रमार्फत अगाडि बढाइएको यो अवधारणाले नेपालको आर्थिक एवं सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाई थियो ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page