एनपीएल टी-२० क्रिकेट जेठ २१ गतेबाट

१५ जेठ, काठमाडौं । एपीएल टी-२० क्रिकेट जेठ २१ गतेबाट सुरु हुने भएको छ ।
व्यवस्थापक जोहरा स्पोर्ट्स म्याजेनमेन्टले बिहीबार प्रेस विज्ञप्ति जारी गरी एपीएल टी-२० क्रिकेट पूर्व घोषित समय जेठ २१ देखि ३१ गते नै हुने बताएको छ । खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
तर, नेपाल क्रिकेट संघ क्यानभित्रको विवादका कारण प्रतियोगिता हुनेमा आशंका छ । अध्यक्ष टंक आङबुहाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको अशोकनाथ प्याकुरेल समूहले एनपीलबाट अलत भएको घोषणा गर्नुका साथै कीर्तिपुर मौदान प्रयोग गर्न नदिने बताएको छ ।
राउन रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा विशाल वारियर्स र कलर्स एक्स फ्याक्टर भिड्नेछन् ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page