चलचित्रको समाप्ति पछिको छोटो प्रतिक्रियामा एमाओवादी अध्यक्ष प्रचण्डको छोटो प्रतिक्रिया स्वरुपको भनाइ थियो ‘चलचित्र राम्रो बन्न सकेको छ । पुरानो राजनितिक र नयाँ राजनितिक आन्दोलनको राम्रो ढंगले समायोजन गर्न चलचित्र सफल रहेको छ । चलचित्रको अन्त्य सँगै देशको क्रान्ति जारी छ भन्ने अभिव्यक्ति समसामायिक राजनितिमा वहसको विषय बन्न सक्दछ ।’ त्यसैगरी वैद्यको प्रतिक्रिया थियो, ‘चलचित्र राम्रो छ चलचित्रमा क्रान्ति जारी छ भनेर नेता तथा जनताहरुलाई झक्झकाउने प्रयास पनि चलचत्रिले गरेको छ । ‘सहिद भिमदत्तकै जिल्लाका काँग्रेस नेता शेरबहादुर देउवाले पनि चलचत्रि राम्रो बन्न सकेको छ भन्ने प्रतिक्रिया व्यक्त गरेका छन् ।
बिशेष प्रर्दशनी कार्यक्रममा निर्माता नवल खड्काको अध्यक्षता तथा एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । चलचित्रका निर्देशक हिम ग्याप लामा टाँसीले अतिथीहरुलाई स्वागत गरेका थिए । साथै निर्देशक टाँसीले चलचित्र भिमदत्त र आजको सान्र्दभिक राजनीति परिस्थितिको विषयमा समेत प्रकाश पारेका थिए ।
प्रर्दशन कार्यक्रममा राजधानीका दैनिक मिडियाका संचारकर्मी सहित चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, कलाकारहरु निशा अधिकारी, सुमिना घिमिरे, कमली वाइवा, कविता शर्मा लगायतका उपस्थिती रहेको थियो ।