(प्रकाश श्रेष्ठ )– नरेन्द्र मोदीको प्रधानमन्त्री शपथ ग्रहणमा सोमबार थुप्रै बलिउड कलाकार आकर्षणको केन्द्र बने । सलमान खान, धर्मेन्द्र, अनुपम खेरजस्ता अभिनेता र हेमा मालिनी, शत्रुध्न सिन्हा, किरण खेर र थुप्रै नेताहरु यो कार्यक्रमका प्रमुख थिए । समारोहमा मोदीले थुपै देशका राष्ट्रप्रमुख, राष्ट्रिय नेताहरु, धार्मिक नेताहरु, उद्योगपतिहरु र फिल्म कलाकारहरु सहित थुप्रै चर्चित मानिसहरको अगाडि भारतको १५ औँ प्रधानमन्त्रीका लागि शपथ ग्रहण गरे । मोदीले अमिताभ बच्चन, तमिल सुपरस्टार रजनीकान्त र गायिका लता मंगेशकरलाई पनि निम्तो पठाएका थिए । लताले आफ्नो खराब स्वास्थ्यका कारण समारोहमा उपस्थित हुन नपाउँदा आफू दुःखी भएको पत्र मोदीलाई पठाइन् । यो पत्रलाई मोदीले आफ्नो टुइटरमा पनि पोष्ट गरेका छन्
Share this Page
Popular Posts
-
चितवन,मङ्सिर २२- भरतपुर कारागारमा मंगलबार तरुण दल अध्यक्ष शिव पौडेल सहित पाँचजनामाथी भएको आक्रमणको बारेमा बुझ्न सरकारको छानबिन टोलीले अहिले...
-
काठमाडौं, वैशाख ११ (नागरिक)- नेपाल आदिबासी जनजाति महासङ्घले धर्म निरपेक्ष समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जन...
-
नेपाली चलचित्रको सफल नायिका करिश्मा मानन्धरलाई नचिन्ने नेपाली त को नै होला । करिश्मा मानन्धरको बारेमा त चर्चा गर्न जरुरी नै छैन किनकी करि...
