निर्वाचन आयोगद्वारा रमेश खरेलको सरुवा अस्वीकार

१६ जेठ, काठमाडौं । निर्वाचन आयोगले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई काजमा सरुवाका लागि सहमति नदिने निर्णय गरेको छ । यससँगै खरेलको सरुवा गर्ने तयारी रोकिएको छ ।
आयोगको शुक्रबार बसेेको बैठकले निर्वाचन आचार संहिता लागू भइसकेको भन्दै खरेलको काज सरुवाका लागि सहमति नलिने निर्णय गरेको आयुक्त अयोधिप्रसाद यादवले अनलाइनखबरसँग बताए ।
खरेलले एआईजीमा बढुवाका लागि डीआईजीहरु ब्रिफकेस बोकेर नेता शक्ति केन्द्र धाइरहेका भन्दै भ्रष्टहरुलाई बढुवा नगर्न आग्रह गरेका थिए । लगतै संगठनको मर्यादा विपरित अभिव्यक्ति दिएको भन्दै प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको थियो ।
साथै खरेललाई हेडक्वाटरमा तानेर सीआईबीका निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई काठमाडौं प्रहरी प्रमुख बनाउने तयारी भएको थियो ।
तर, काठमाडौं क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आचार संहिता लागू भइसकेकाले गृह मन्त्रालयले खरेलको काज सरुवाका लागि सहमति माग्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार गृह मन्त्रालयले औचारिक रुपमा काज सरुवाको पत्र थमाइनसकेका कारण खरेल कार्यालय गइरहेका थिए ।


Tags: ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page