नेपाल प्रिमियर लिगको उपाधी शरद भेषवाकरको तेज पञ्चकन्यालाई

पहिलो पटक आयोजना भएको एनसेल नेपाल प्रिमियर लिगको उपाधी शरद भेषवाकरको तेज पञ्चकन्याले जितेको छ। 
 
शक्ति गौचनको जगदम्बा जायन्टसलाई ९७ रनले पराजित गर्दै तेज पञ्चकन्याले लिगको उपाधी जितेको हो। 
 
जितसँगै तेज पञ्चकन्याले २ लाख सहित ट्रफि हात पारेको छ। त्यस्तै उपबिजेता बनेको जगदम्बा जायन्ट्सले १ लाख सहित ट्रफि हात पारेको छ। 
 
तेज पञ्चकन्याका राजकुमार प्रधान ६ विकेट लिदै म्यान अफ दि म्याच भएका छन्। 
 
त्यस्तै म्यान अफ दि सिरिजको उपाधि तेज पञ्चकन्याका भुवन कार्कीले हात पारेका छन्। धनगढीका कार्कीले प्रतियोगिताभर ८५ रन र १४ विकेट लिएर म्यान अफ दि सिरिजको उपाधी हासिल गरेका हुन्। 
 
कार्कीलाई स्थानीय जलसा होटेलले ११ र त्रिभुवन उच्च मावि बोराडाँडीले १० हजार नगद पुरष्कारद्वारा सम्मान गरेको छ। 
 
टस हारेर ब्याटिङको निम्तो पाएको तेज पञ्चकन्याले अन्तिम ओभरको एक बलमा सवै बिकेट गुमाउदै २ सय रन जोडेको थियो। उसका लागि संजीब श्रेष्ठले सर्वाधिक ७४ र कप्तान शरद भेषवाकरले ४५ रन बनाएका थिए। 
 
यस्तै जगदम्बाका लागि सिभान्कर सन्यासीले ३, निजामुद्धिन अन्सारी, कप्तान शक्ति गौचन र  सोमपाल कामीले २/ २ विकेट लिएका थिए। 
 
२ सय १ रनको बिजयी लक्ष्य पाएको जगदम्बा ३१ दशमलब ४ ओभरमा सवै विकेट गुमाई १ सय ३ रनमा समेटिएको थियो। 
 
जगदम्बाका लागि नरेश बुढाऐरले २९, भुपेन्द्र थापाले २२ र सोमपाल कामीले १७ रन जोडेका थिए। जगदम्बालाई सस्तैमा समेट्न राजकुमार प्रधानले ६, सुशिल कडेलले ३ र भुवन कार्कीले १ विकेट लिएका थिए।
 
बैशाख ३१ गतेदेखि सुरु भएको लिगका खेलहरु धनगढीको फाप्ला क्रिकेट मैदान र महेन्द्रनगरको कभर्ड हलमा सम्पन्न भएका थिए
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page