१३ असार,काठमाडौं ।
फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि आजदेखि प्रधानमन्त्री सुशिल कोइरालाको थप उपचार शुरु गरिने भएको छ । कोइरालाको नीजि सचिवालयका अनुसार आजदेखि उहाँको रेडियोथेरापी शुरु गरिने भएको छ ।
पलाएको मासुलाई पगाल्ने पद्दति रेडियोथेरापी क्यान्सरको शुरुको चरणमा हुँदा गर्ने उपचार विधि भएको चिकित्सकहरुले बताएका छन् । फोक्सोमा क्यान्सरको आशंकापछि प्रधानमन्त्री कोइराला उपचारका लागि असरा २ गते अमेरिका जानुभएको हो । उहाँको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले क्यान्सर शुरुकै चरणमा रहेको केही दिन उपचार गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा हिजो सरकारले पनि पत्रकार सम्मेलन गरेर उहाँ केही दिनको उपचारपछि स्वदेश फर्किने बताएको छ ।