कांग्रेसको एउटा पदमा हारेको व्यक्ति अर्को पदमा उम्मेदवार बन्न नपाउने

 


कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले एउटा पदमा हारेको व्यक्तिले अर्को पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको हो ।

कांग्रेस विधानलाई आत्मसाथ गर्दै यस्तो निर्णय गरिएको निर्वाचन समितिका सचिव केवश रिजालले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५९ को व्यवस्था र सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजत भएको व्यक्ति सोही अधिवेशन अवधिमा सो भन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार हुन नमिल्ने ।’

क्षेत्रीय प्रतिनिधिको हकमा भने छुट दिइएको छ ।

‘महाधिवेशन प्रतिनिधिको उम्मेदवार भई पराजित भएको क्षेत्रीय प्रतिनिधिले एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिको सभापति बाहेक अन्य पद र तहको पदाधिकारी र सदस्य पदमा उम्मेदवार बन्न सक्नेछ,’ निर्णयमा भनिएको छ ।

यससँगै १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन दुई दिन सरेको छ ।

केन्द्रीय निर्वाचन समितिको बैठकले १५ फागुनमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि १३ फागुनमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीनमा १५ फागुनमा जिल्ला अधिवेशन तोकिएको हो।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page