काठमाडौं,जेठ २४-
![](https://i1.wp.com/narayanionline.com/np/wp-content/uploads/2017/06/Dauba.jpg?w=810)
देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा विजयकुमार गच्छदार उपप्रधान तथ संघीय मामिला तथा स्थानीय विकास, कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, गोपालमान श्रेष्ठ उपप्रधान तथा शिक्षामन्त्रीको रुपमा सपथ ग्रहण गर्नु भएको छ।तेस्रो चरणमा ज्ञानेन्द्रबहादुर खड्का अर्थमन्त्री, फरमुल्लाहा मन्सुर श्रम तथा रोजगार, जनार्दन शर्मा गृहमन्त्री र प्रभु शाहले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगरलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको छ।