सिरहा, जेष्ठ १६ - तस्करले छोडेको साढे छ किलो चाँदी लुकाउने प्रहरी हवल्दारसहित दुई प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले निलम्बन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार महेन्द्र चौधरी र प्रहरी जवान होसनारायण यादवलाई कारबाही गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सिरहाको थुनामा राखेर कारबाही अघि बढाइएको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।
भारतको मधुबनीका प्रदिप प्रसादले भन्सार छलेर साढे सात किलो चाँदीको गहना मंगलवार बिहान सिरहा सदरमुकामस्थित सुनचादी पसलहरुमा बिक्रीका लागि ल्याएको बेला सादा पोशाकका प्रहरी हवल्दार चौधरी र प्रहरी जवान यादवले उनलाई पक्राउ गरेका थिए । उनीहरुले प्रदिपलाई सदरमुकामस्थित भूमीसुधार कार्यालय नजिक सडकमा समातेर मोटरसाइकलमा बसाई जिल्ला प्रहरी कार्यालय नलगेर सारस्वर सडकस्थित पञ्चमुखी हनुमान मन्दिर नजिक लगेको स्रोतले जनायो ।
प्रहरीद्वयले प्रदिपलाई अनेक डरत्रास देखाउन थालेपछि एक लाख साठी हजार रुपैयाँ र उक्त चाँदी दिने सम्झौता भएको स्रोतले भन्यो, 'रकम र पैसा पाएपछि प्रदिपलाई प्रहरीले भाग्न भने ।