भ्रष्टाचारका आरोपीबाट सात करोड बिगो, १४ लाख धरौटी

१७ जेठ, काठमाडौं । विशेष अदालतले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक मिङमार शेर्पासहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अख्तियारले भ्रष्टाचार आरोपमा महानिर्देशक शेर्पासहित १२ जनाबाट सात करोड २७ लाख १३ हजार बिगो दाबी गरे पनि विशेष अदालतले ६ प्रतिवादीबाट १४ लाख धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको छ ।
सुत्केरीले प्रयोग गर्ने औषधिमा सप्लायर्स कम्पनीसँग मिलेमतोमा गुणस्तरहीन औषधी खरिद गरेको अभियोगमा विभागका हालका र तत्कालीन महानिर्देशकसहित १२ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ११ जेठमा दायर मुद्दाको थुनछेक बहसपछि अदालतले शुक्रबार अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको नयाँ पत्रिकामा खबर छ ।
न्यायाधीशहरु केदारप्रसाद चालिसे, मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले तत्कालीन महानिर्देशक शेर्पालाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि इजलासले अदालतमा उपस्थित गराइएका ६ प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page