(एजेन्सी)–पोर्न इन्डष्ट्रिमा काम गर्ने नायिका बलिउडमा आफ्नो करियर बनाउन सक्छिन् भन्ने कुराको पुष्टि सन्नी लियोनले गरिसकेकी छिन् । लामो समयसम्म सन्नीले पोर्न फिल्ममा काम गरेकी छिन् तर अब उनले त्यो इन्डष्ट्रि छोडेर बलिउडको ‘बेबी डल’ बनिसकेकी छिन् । ‘रागिनी एमएमएस’ को सफलताले सन्नीलाई राम्रो प्लेटफर्म दिएको छ । यतिमात्र नभई उनी दर्शकहरुमाझ लोकप्रिय पनि छिन् ।
सन्नीको सफलताको रङ अब अर्की पोर्न स्टारमा पनि छाउन थालेको छ । यसै कारणले शान्ति डाइनामाइट पनि बलिउडमा आफ्नो पहिचान बनाउन तयार भइसकेकी छिन् । शान्तिलाई प्लेब्वाई गर्लको नामले पनि चिनिन्छ । शान्तिले सन्नीलाई बेबी डल गीतमा सन्नलिे उनको पोस्टरबाट कपी गरेको आरोप लगाएकी थिइन् । यस्तो अवस्थामा शान्तिको आगमन सन्नीको लागि कुनै चुनौतीभन्दा कम नरहने बताइएको छ ।
शान्ति रुपेश पलको फिल्मबाट बलिउडमा आगमन गर्ने छिन् । जुन इरोटिक, हरर फिल्म हुनेछ । शान्तिसँग जोडिएका एक नजिकको सूत्रका अनुसार उनी आफ्नो नयाँ फिल्मसँग निकै खुसी छिन् र बलिउडमा आफ्नो छाप छोड्नका लागि कुनै कुरामा सम्झौता गर्ने छैनन् ।