राजधानीबाट प्रकाशित हुने सवै जसो पत्रपत्रिकाले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तीको मापदण्ड खारेज गरेको खबरलाई छापेका छन् । न्यायाधीश नियुक्तको मापदण्ड खारेज शीर्षक दिएर नागरिक दैनिकले समाचार छापेको छ भने अन्नपूर्ण पोष्टले पनि न्यायाधीश मापदण्ड खारेज शीर्षक दिएर समाचार छापेको छ ।
यस्तै नयाँ पत्रिका दैनिकले इराकमा नेपाली अपहरणमा परेको खबरलाई प्रमुख समाचार बनाएको छ । यसैगरी नागरिक दैनिकले चुरे संरक्षण क्षेत्र घोषणा, स्वागत र विरोधमा घम्साघम्सी शीर्षमा प्रमुख समाचार छापेको छ ।