तीन वर्षअघि जेम्स स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण सीतापाइलाका विवेक भेटुवाललाई उच्च माविले छात्रवृत्ति र विभिन्न सेवा–सुविधा उपलब्ध गराउँछन् भन्ने थाहा थिएन।
छात्रवृत्तिलगायत सेवा–सुविधाबारे नबुझी विज्ञान संकायमा भर्ना भएका उनले एसएलसीमा ८८ प्रतिशत ल्याएर पनि उच्च माविमा पढ्न महँगो शुल्क तिर्नुपर्योब। काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ प्रथम वर्षमा पढिरहेका उनले त्यतिबेला आफूले शुल्क र शैक्षिक वातावरणमा मात्रै ध्यान केन्द्रित गरेको बताए। एसएलसी उत्तीर्ण विद्यार्थीले उच्च मावि भर्ना हुनुपूर्व आफूले पाउने सेवा–सुविधाबारे राम्रोसँग बुझ्नुपर्ने उनी बताउँछन्।
०००
बाराका निकी साहले दुई वर्षअघि उच्च माविमा भर्ना हुँदा छात्रवृत्तिबारे थाहै नपाएको बताए। भरतबाबा इंग्लिस बोर्डिङ स्कुलबाट विशिष्ट श्रेणीमा एसएलसी पास भए पनि छात्रवृत्तिबारे जानकारी नभएकाले सोधीखोजी नै गरेनन्।
‘विज्ञान विषय पढाइ हुने राम्रो उच्च मावि छान्नै हप्ता दिन लाग्यो,' उनले थपे, ‘शुल्क, शिक्षक, भौतिक पूर्वाधार र अनुशासनलाई प्राथमिकता दिएँ। भर्ना हुन लागेको उच्चमाविले पनि यसबारे जानकारी दिएन।' नयाँ विद्यार्थीलाई भर्ना हुनुपूर्व छात्रावृत्तिबारे राम्ररी जानकारी लिन उनी सुझाउँछन्।
०००
एसएलसी नतिजा भर्खरै प्रकाशित भएको छ। उत्तीर्ण भएका विद्यार्थी आ–आफ्नो विषयअनुसारको उच्च मावि छनोटमा व्यस्त छन्। सबैको चाहना उपत्यकाका राम्रा उच्च माविमा भर्ना हुनु हो।
उच्च माध्यमिक शिक्षा परिषदका अनुसार सरकारी, निजी र सामुदायिक उच्चमाविले उपलब्ध गराउने छात्रवृत्तिबारे जानकारी नभएका कारण विद्यार्थी महँगो शुल्क तिर्न बाध्य भइरहेका छन्। परिषद प्रवक्ता नारायण कोइरालाले विद्यार्थीको सहुलियतका लागि सरकारी उच्च माविले धेरै सेवा–सुविधा उपलब्ध गारउने गरेको बताए। उच्च माविले विद्यार्थीलाई चार किसिमका छात्रावृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ।
कोइरालाका अनुसार परिषदको सम्बन्धनप्राप्त सामुदायिक उच्च माविमा कक्षा ११ को परीक्षामा समावेश विद्यार्थीमध्येबाट ४० विद्यार्थी बराबर एकजनालाई छात्रवृत्तिको व्यवस्था गरिएको छ। परिषदले एक विद्यार्थी कोटा बराबर २ हजार रुपैयाँका दरले सम्बन्धित उमाविमा पठाउने गरेको उनले जनाए।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यार्थी छनोट गरी रकम वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ। यसका लागि विद्यार्थी स्वयं चनाखो हुनुपर्ने उनले बताए।
कोइरालाका अनुसार विद्यार्थीले पाउने अर्को सुविधा भनेको विद्यार्थी छात्रवृत्ति बैंक हो। यो सुविधा उच्च माध्यमिक शिक्षापरिषदले कक्षा ११ का विद्यार्थीका लागि प्रदान गर्ने हो। विद्यार्थी छनोटका लागि फारम भराउने, परीक्षा सञ्चालन गर्ने र नतिजा प्रकाशन गर्नेसमेत परिषदले नै हो। यस्तो छात्रवृत्ति विज्ञान र वाणिज्य संकायमा अध्ययन गर्न चाहने विद्यार्थीले मात्र पाउँछन्।
सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्णले मात्र पाउने यो छात्रावृत्ति विगत दुई वर्षदेखि निजी विद्यालयबाट छात्रवृत्तिमा पढेर एसएलसी उत्तीर्ण हुनेले समेत पाउने व्यवस्था छ।
यसका लागि सामुदायिक( सबै) र निजीका (छात्रवृत्तिमा पढेका मात्र) विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीले छात्रवृत्ति फारम भरी विज्ञान र वाणिज्य विषयका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। उत्तीर्ण भएका विद्यार्थी सिफारिस गरेर परिषदले प्रत्येक उच्चमाविमा पठाउँछ।
‘निजी उच्चमाविले परिषदबाट सम्बन्धन लिँदा नै विद्यार्थी भर्नाको १० प्रतिशत छात्रावृत्ति उपलब्ध गराउने मन्जुरनामा गरेका हुन्छन्। ३ प्रतिशत निःशुल्क छात्रवृत्ति सामुदायिक र २ प्रतिशत छात्रावृत्ति निजीका विद्यार्थीलाई उपलब्ध गराउने व्यवस्थाअनुसार परिषदले निःशुल्क अध्यापन गराउन सिफारिस गरी पठाउँछ,' प्रवक्ता कोइरालाले भने, ‘छात्रवृत्ति पाउनु प्रत्येक विद्यार्थीको अधिकार भएकाले यसमा विद्यार्थीले बुझेर पहल गर्नुपर्छ।' उनका अनुसार परिषदले निजीका लागि गुलाबी र सामुदायिक विद्यालयका विद्यार्थीका लागि सेतो रंगको विद्यार्थी छात्रवृत्ति फारम व्यवस्था गरेको छ। साथै ५ प्रतिशत निजी उमाविहरुको विद्याय ब्यवस्थापन समितिको सिफारिसमा छात्रावृत्ति उपलब्ध गराइने ब्यवस्था छ।
अर्को छात्रवृत्ति विशेष शिक्षा सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिन्छ। यस्तो प्रकारको छात्रवृत्ति सम्बन्धित उच्च माध्यमिक विद्यालयले नै दिने हो। प्रतिव्यक्ति वार्षिक १५ हजारका दरले उपलब्ध गराइने यो छात्रवृत्ति बहिरा, दृष्टिविहीन र अपांग विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि हो।
परिषदले उपलब्ध गराउने यसप्रकारको छात्रवृत्तिका लागि सार्वजनिक सूचनामार्फत विद्यालय क्याम्पसको सिफारिस, एसएलसी उत्तीर्ण लब्धांकपत्र र अपांग परिचय पत्रसहित निवेदन दिनुपर्छ। निवेदनका आधारमा परिषदले सम्बन्धित उच्च माविमा प्रतिव्यक्ति १५ हजारका दरले छात्रवृत्ति रकम पठाउँछ।
यसैगरी हिमाली जिल्लाका विद्यार्थीलाई परिषद र उच्चमाध्यमिक विद्यालय संघ (हिसान) को संयुक्त आयोजनामा विशेष छात्रवृत्ति दिने व्यवस्था छ।
कक्षा ११ र १२ मा प्रतिव्यक्ति ५०–५० हजारका दरले प्रदान गरिने छात्रवृत्ति निजामती सेवा नियमावलीमा उल्लिखित ‘क' वर्गका जिल्ला वा क्षेत्रका सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण विद्यार्थीका लागि हो।
‘यो छात्रवृत्ति एसएलसी परीक्षामा जिल्ला प्रथम गर्ने विद्यार्थीलाई जिल्ला शिक्षा कार्यालयको सिफारिसमा उच्च माध्यमिक शिक्षा परिषद र हिसानको संयुक्त साझेदारीमा उपलब्ध गराइन्छ,' प्रवक्ता कोइरालाले भने, ‘अन्य थप रकम हिसानले उपलब्ध गराउने गरी आवासीय छात्रवृत्तिका लागि सिफारिस गरी सम्बन्धित उच्च माविमा पठाइन्छ।'
हाल देशभरि जिरो उच्चमावि १ सय ५७, निजी ६ सय ५४, सामुदायिक २ हजार ६ सय ४९, क्याम्पसमा सञ्चालित १ सय ३६ गरी कुल ३ हजार ५ सय ९६ उच्च मावि छन्। यी उच्च माविमा बर्सेनि कक्षा ११ मा ४ लाख हाराहारी नयाँ विद्यार्थी भर्ना हुने गरेका छन्।
यसका अतिरिक्त निजी उच्च मावि सञ्चालकले समेत आ–आफ्नो क्षमताअनुसार विभिन्न विधामा विद्यार्थीलाई सहुलियत दिने गरेका छन्। नेपाल मेघा उच्च माविका कार्यकारी निर्देशक गोपाल खनालले विद्यार्थीले एसएलसीमा प्राप्त गरेको नतिजा कायम राख्न र विद्यार्थीलाई लक्ष्यमा पुर्याकउन उच्च माविको मुख्य भूमिका रहेको बताए।
उनले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको सहुलियतका लागि उच्च माविले आ–आफ्नो हैसियतअनुसार सेवा–सुविधा उपलब्ध गराउँदै आएको बताए। त्यही भएर अबका एसएलसी पास विद्यार्थीले उच्चमावि भर्ना हुँदा शुल्क संरचनालाई मात्र नहेरी आफूले पाउने सेवा–सुविधामा समेत ध्यान दिनुपर्ने उनको सल्लाह छ।
आर्थिक अवस्था कमजोर भएका जेहन्दार विद्यार्थीलाई निजी उच्च माविले प्रोत्साहन सुविधासमेत दिने गरेको उनको दाबी छ।
धेरै निजी उच्च माविले प्रवेश परीक्षा र एसएलसीको प्राप्तांकलाई आधार मानेर छात्रवृत्ति छुट्याएका हुन्छन् । ‘हामीले सामुदायिक स्कुलबाट ८५ प्रतिशत ल्याएर पास हुने विद्यार्थीलाई सय प्रतिशत छात्रवृत्ति दिँदै आएका छौं,' खनालले भने, ‘निजीबाट ९० प्रतिशतमाथि अंक ल्याएर एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई समेत छात्रवृत्ति व्यवस्था गरेका छौं।' निजी प्लसटुहरुले विद्यार्थीका अन्य क्षमताअनुसारका विभिन्न थरी प्रोत्साहन सुविधा पनि व्यवस्था गर्दै आएको उनले बताए।
कान्जीरोवा उमाविका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले निजी उच्च माविले परिषदको ३ प्रतिशत निःशुल्क छात्रवृत्तिका अतिरिक्त पिछडा वर्ग, सीमान्तीकृत, दलित, मधेसी, सहिद परिवारका छोराछोरीलगायतका लागि समेत विशेष छात्रवृत्ति उमाविहरु आफैंले व्यवस्था गरेको बताए। विद्यार्थी तथा अभिभावकहरु प्लसटुहरुमा भर्ना हुँदा आफुले प्राप्त गर्ने सेवा सुविधाबारे बुझनु पर्ने उनको आग्रह छ।
‘हामीले कर्णाली क्षेत्र छात्रवृत्ति पनि व्यवस्था गरेका छौं,' रेग्मीले भने, ‘कर्णालीबाट एसएलसी पास भएका विद्यार्थीका लागि यो छात्रवृत्ति व्यवस्था गरिएको हो। प्रत्येक वर्ष कक्षा ११ मा अध्ययन गर्ने १० विद्यार्थीले यो छात्रवृत्ति पाउँछन्।' उनले थपे, ‘विद्यार्थीले आफूले रोजेको उच्चमावि पढ्ने, सेवा–सुविधाबारे राम्ररी बुझ्ने र उच्चमावि सञ्चालकले पनि विद्यार्थीलाई उपलब्ध गराउने सेवा–सुविधाबारे स्पष्ट र पादरर्शी तरिकाले बुझाउनुपर्छ।'