
माडीमा बाँदरमुढे घटना भएको आज ९ वर्ष पुरा भएको छ । चितवनको माडीस्थित कल्याणपुर गाविसको बाँदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको मृत्यु भएको थियो ।माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।
बाँदरमुढे पीडितहरुको सकृयतामा बनेको बादरमुढे स्मारकको उचित संरक्षण हुन सकेको छैन । घटना भएको ९ बर्ष पुगिसकेको भएपनि अझै आफुहरुले राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् ।पीडितहरुलाई एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले ६० लाख रुपैयाँ राहतको प्याकेज घोषणा गरेपनि पिडितहरुले मानविय संबेदनालाईे पैसासंग जोडेको भन्दै एकीकृत माओवादी अध्यक्ष दाहालले घोषणा गरेको राहतको प्याकेज बहिस्कार गरेका थिए ।
