गजुरी- पृथ्वीराजमार्गअन्तर्गत धादिङको पिडा–१ जरेखेतमा आज बिहान सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गजुरीका अनुसार भैरहवाबाट काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको लु१ख ६९८० नम्बरको यात्रुबाहक बस र ना३ख ६१२३ नं. को कन्टेनर ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
अत्यधिक गतिमा गुडेको गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा २१ जना घाइते भएका छन्। उनीहरूमध्ये पाँचजनाको अवस्था गम्भीर रहेकाले काठमाडौंको बागेश्वरी अस्पताल र बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाइते हुनेमा मकवानपुरका रुपेश तामाङ, भैरहवाका वैद्यनाथ गुप्ता, गाडी चालक बुटवलका यज्ञ सापकोटा, कृष्णकुमार दुबे र नवलपरासीका राजु तिवारी रहेका छन्।
यसैगरी ट्रक चालक विश्वनाथ चमार पनि गम्भीर घाइते भएका छन्। दुर्घटनाका घाइतेहरूको स्थानीय गल्छी अस्पताल, गजुरी अस्पतालमा पनि उपचार भइरहेको छ। दुर्घटनापछि स्थानीय सशस्त्र प्रहरी र स्थानीयले घाइतेहरूको प्राथमिक उपचार गरी उद्धार गरेको थियो।