२३ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला चीन भ्रमण पुरा गरी स्वदेश फर्किएका छन् । कोइराला केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका छन् ।
कोइराला चीनको कुन्मिङमा भएको दोस्रो चीन-दक्षिण एशिया एक्स्प्रोको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार चीन गएका थिए ।
