काठमाडौं । जापानीज कार निर्माता कम्पनी निशानको १६ सिट क्षमताको ‘निशान उर्भान’ मिनिबस नेपाली बजारमा भित्रिएको छ । निशानको नेपालका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्श एन्ड सन्सले उक्त गाडी नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
उर्भान गाडी अत्याधुनिक डिजाइनमा सुरक्षित तबरले निर्माण गरिएको कम्पनीले दाबी गरेको छ । यसमा २४८८ सीसीको डिजेल इन्जिन, ३२०० आरपिएम, १२९ पिएस र ९५ किलोवाटको उच्चतम पावर पैदा हुन्छ ।
३५६ टर्क रहेको यस गाडीमा १९५ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । गाडीमा पावर विण्डो, रिमोटबाट ढोका खुल्ने, म्यूजिक सिष्टम, रिक्लाइनिङ्ग हाइ ब्याक सिट, १६ वटै सिटमा एसी र सबै सिटको पछाडी कप होल्डर, पछाडी वाइपर, डिफोगर र ऐना समेत जडान गरिएको छ ।
उर्भान यो समूहका गाडीहरुमध्ये उत्कृष्ट रहेको कम्पनीको दाबी छ । शहरी क्षेत्रमा प्रतिलिटर १२ किलोमिटर माइलेज दिने बताइएको यो गाडी नेपाली बजारमा ५ वटा रंगमा उपलब्ध रहेको छ ।
बाहृय र आन्तरीक पर्यटकहरुको लागी अत्याधुनिक र आकर्षक डिजाइनमा निर्माण गरिएको उक्त सवारीले नेपाली बजारमा आˆनो अग्रस्थान ओगट्ने विश्वास कम्पनीका बरिष्ठ प्रबन्धक शम्भु सुवेदीले लिएका छन् ।