२४ जेठ, काठमाडौं । । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले ‘गुण्डालाई टीका लगाएर पार्टी प्रवेश गराउने’लाई पार्टी नेतृत्व दिन नहुने बताएका छन् ।
एमाले जोरपाटी गाउँ कमिटीले नवौँ महाधिवेशनको सन्दर्भमा शनिबार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा नेता पाण्डेले गुण्डालाई प्रश्रय दिएपछि देशको अर्थतन्त्र नै समाप्त हुने भन्दै एमालेले गुण्डाको संरक्षण गर्न नहुने बताए । निस्कलंक नेतृत्वलाई सर्वसम्मत रुपमा चयन गर्नुपर्ने भन्दै उनले भने-’पार्टीका लागि सबै कालमा जबजमात्र पर्याप्त नहुने भएकाले यसलाई परिमार्जन गरेर अगाडि बढ्नुपर्छ ।’
नेता पाण्डेले अबको मुलुकको राजनीति लडाइँमा कांग्रेस नै मुख्य प्रतिद्वन्द्वी भएको बताए । रासस