‘इलेक्ट्रिक’ नेयमार

Neymar-650
विश्वकपको पहिलो खेलममै क्रोएसियाविरुद्घ दुई गोल गरेका ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले आफूलार्इ अब्बल सावित गरिसेका छन् । १९ बर्षमै साउथ अमेरिकन प्लेअर अफ दी एयरको उपाधि जितेका उनले सन् २०११ मा उनले उत्कृष्ट गोलका लागि फिफा पुस्कस अवार्ड पनि जिते ।
२०१० मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले पहिलो खेलमै गोल गरेका थिए । उनको क्रिएटिभ पास, क्लिनिकल फिनिसिङ, डि्रब्लिङ क्षमताका कारण उनलाई ‘इलेक्टि्रक’ र एक्सप्लोसिभ’ खेलाडीका रुपमा चिनिन्छ ।
राष्ट्रिय टिमका नियमित खेलाडी नेयमारले ब्राजिलको जर्सीमा ४८ खेल खेल्दै ३३ गोल गरिसकेका छन् । उनले २०१३ को कन्फेडेरसन कपमा उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जितेका थिए । नेयमारले अहिले ब्यावसायिक फुटबल स्पेनिस क्याटालान बार्सीलोनाबाट खेल्छन् ।

Tags: , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page