२६ जेठ, काठमाडौं ।
टि=ट्वान्टी विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घोषण गरिएको नगद ५ लाख पुरस्कार २ महिना पछि पाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमवार एक कार्यक्रमका विच राष्ट्रपति रामवरण यादवले क्रिकेटरहरुलाई नगद पुरस्कार सहित सम्मान गर्नुभएको हो ।
राष्ट्रपति यादवले खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ तथा सहायक प्रशिक्षक जगत टमटा, ब्यवस्थापक उत्तम कर्माचार्य र टेक्निकल एनालिष्ट रमन सिवाकोटीलाई तीन लाख रुपैयाँ सहित सम्मान गर्नुभयो ।
बंगलादेशमा भएको विश्वकपको पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले तथा अफगानिस्तानाई नौ रनले हराएको थियो । टेष्ट मान्यता प्राप्त बंगलादेशसँग ८ विकेटले पराजित नेपाली टिमले उत्कृष्ठ प्रदर्शन गरेको थियो ।
राष्ट्रपति यादवले खेलाडीहरुलाई सम्मान गर्दै देशको नाम उच्चो पार्ने काम गर्न भन्दै सरकारलाई खेलकुदमा लगानी बढाउन आग्रह गर्नुभयो ।
सम्मान ग्रहण गर्दै नेपाली टिमका कप्तान पारस खड्काले आफूहरु राष्ट्रका लागि खेलीरहेको भन्दै आफूहरु देशको नाम उच्चो पार्न सँधै लागि रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।