चितवन,जेठ २७
जथाभावी फोहर फाल्नेविरुद्धभरतपुर नगरपालिका आक्रामक बनेको छ । नगरलाई पूर्ण सफा बनाउने अभियानमा राजधानीपछि पहिलो जिल्ला बनेको भरतपुर नगरपालिका नयाँ योजना सहित फोहरफाल्ने विरुद्ध खनिएको हो ।
फोहर फाल्ने व्यक्ति पक्रनेलाई पुरस्कारको व्यवस्था गरेर नगरपालिका क्रियाशिल बनेको समाचार नागरिक दैनिकमा छ ।
नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटा अहिले चुनौतीका रुपमा रहेको सडकका कुनाकुनामा फोहर फाल्नेलाई कारबारहीसहित अभियान थालेको बताउँछन् । उनले त्यस्ता व्यक्तिलाई पक्रन सुराकीसमेत परिचालन गरेको बताए ।
कर्मचारीहरु नाकामा ढुकेर बस्ने गरेका छन् । सापकोटाले भने जसले फोहर फाल्छ, त्यसलाइ रंगेशात पक्राउ गरेर अपराधको प्रकृति हेरी एक देखि ५ हजारसम्म जरिवाना लिने गरिएको छ ।
सडकमा सबैभन्दा बढी कुखुराको भुत्ला, होटलका फोहर तथा घरायसी फोहर फेला पर्ने गरेका छन् ।