२३ जेठ काठमाडौं । औद्योगिक घराना चौधरी समूहका अध्यक्ष विनोद चौधरीले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी विस्तार गर्न आव्हान गरेका छन् ।
शुक्रबार चीनको युनान प्रान्तका कार्यकारी भाईस गभर्नर लि जियाङसँगको द्विपक्षिय भेटवार्तामा अध्यक्ष चौधरीले चिन र युनान प्रान्तका लगानीकर्ताहरुलाई नेपालमा बैंकिङ, सिमेन्ट, जलविद्युत्, सोलार र विन्ड पावरमा लगानी गर्न आग्रह गरेका हुन ।

नेपाल लगानीको उपयुक्त अवसरमा परिणत भईरहेको चौधरीले बताए । युनान प्राप्तका गर्भनर लि जीहेङको निमन्त्रणामा दोस्रो चीन- दक्षिण एसिया प्रदर्शनी तथा २२ औं कुनमिङ वस्तु आयात एवं निर्यात मेलामा भाग लिन युनान पुगेका चौधरीसँग युनान प्रान्तको सरकारी टोलीले दक्षिण एसियाली विजनेश लिडरका रुपमा द्विपक्षिय भेटवार्ता गरेको छ ।