भाईलाई टक्कर दिन मुकेश अम्बानीले गरे बलिवुडमा प्रवेश

VBK-MUKESH_286052f
(एजेन्जी) दश वर्ष पहिले भएको अंशबण्डामा मुकेश र अनिल अम्बानीबीच एक दशकसम्म एक आपसमा कुनै प्रतिस्पर्धी कम्पनी नगर्ने अलिखित सम्झौता भएको थियो । उक्त सम्झौताको म्याद अब पूरा भएको छ र अनिलको रिलायन्स इन्टरटेन्मेन्टलाई मुकेशको वायाकम १८ ले टक्कर दिने भएको छ ।
मुकेशले टेकओभर गरेपछि वायाकमक १८ को पहिलो रिलिज प्रियंका चोपडा अभिनित ‘मैरी कोम’ चलचित्र हुनेछ जहाँ उनी चर्चित बक्सर मैरी कोमको रुपमा प्रस्तुत हुने छिन् । मुकेश अम्बानीले नेटवर्क १८ लाई खरिद गरेपछि बलिवुडमा अब साना कम्पनी र फिल्म निर्माताका लागि ठूलो स्केलमा चलचित्र रिलज गर्न संघर्ष गर्नुपर्ने जानकारहरु बताउँछन् ।
योभन्दा पहिले पनि सन् २००७ मा मुकेशले बलिवुडको सबैभन्दा ठूलो ब्यानर यशराज फिल्मलाई पनि किन्न खोजेका थिए । यश चोपडा, आदित्य र रिलायन्सबीच २५०० करोड रुपैयाँमा सम्झौता हुन लागेको थियो । यशराजको ५० प्रतिशत हिस्सेदारी मुकेशको हुन लागेको थियो । रिलायन्सले आदित्यलाई एक लाखभन्दा बढी जनसंख्या भएको ठाउँ, जहाँ राम्रा सिनेमा घर छैन, त्यहाँ रिलायन्सले दुई स्क्रीन वाला मल्टिप्लेक्स बनाउने आश्वासन दिएको थियो ।
कम्पनीको कारोबार सबै साना–ठूला सहरमा भएका कारण सिनेमाघर बनाउन रिलायन्सलाई कुनै अप्ठ्यारे थिएन । तर पछि आदित्यले यो गठबन्धन खारेज गरेका थिए ।
वायाकम १८ ले हलिवुडको सबैभन्दा ठूलो स्टुडियो प्यारामाउन्ट पिक्चर्सको सबै चलचित्र भारतमा प्रदर्शन गर्दछ ।
 
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page