२४ जेठ, जनकपुरधाम । नक्कली प्रहरी बनी सर्वसाधारणको मोटरसाइकल चेकजाँच गरी रकम उठाइरहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर नगरपालिका ९ बस्ने चन्दनकुमार झा र वडा नं १३ बस्ने सुमितकुमार झा रहेका छन् । झाद्वयले आफू प्रहरी हो भन्दै रामपुर-बहुअर्वा जाने बाटोमा रहेको रामपुर गाछीमा मोटरसाइकल चेकजाँच गर्ने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेका थिए ।
सर्वसाधारणकै सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीले शनिबार विहान उनीहरुलाई पक्राउ गरेको हो । झाद्वयले सर्वसाधारणसँग करिब ३०० उठाएका थिए । रासस