सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा खाईर् सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।
३० दिनको यो रमजान महिनालाई अल्लाहले तीन भागमा बाँडेका छन् । रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् । तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाउँछन् ।