असार १६, काठमाडौँ । चीनले अर्को नयाँ जहाज लिन राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमलाई बोलाएको छ ।
चीनले दिन लागेका ६ मध्ये पहिलो जहाज भने यहाँ आएर व्यापारिक उडान गरिरहेको छ । जहाज अभावमा यात्रु र शाख गुमायँदै आएको निगम चिनियाँ जहाज आन्तरिक उडानमा बजारमा उल्लेख हिस्सा ओगट्ने रणनीतिमा छ ।
५६ सिट क्षमतायुक्त एउटा नयाँ जहाजले असार ११ बाट सहरी भेगका विमानस्थलमा नियमित उडान गर्न थालिसकेको समाचार नागरिक दैनिकमा छ । अर्को एउटा नयाँ जहाज लिन हामी चिनियाँ जहाज निमार्ता कम्पनीबाट पत्र आएको छ, निगमका एक अधिकारीले भने हामीदुई तीन दिनभित्रै जहाज निरीक्षण गर्न जाँदैछौं ।
अर्को जहाज आएपछि दुर्गमको उडान संख्या पनि बढ्छ । चीनले भने यस अघि निगमलाई दिएको आपूर्ति मिति अनुसार यो जहाज सोमबार काठमाडौंमा अवतरण गर्ने तालिका थियो ।
अर्को जहाज आएपछि दुर्गमको उडान संख्या पनि बढ्छ । चीनले भने यस अघि निगमलाई दिएको आपूर्ति मिति अनुसार यो जहाज सोमबार काठमाडौंमा अवतरण गर्ने तालिका थियो ।