२७ जेठ, धनगढी ।
नेपाली कम्युनिष्ट आन्दोलनका गुरु मानिने मोहन बिक्रम सिंहले राजतन्त्र फर्कन सक्ने चेतावनी दिएका छन् । नेकपा मशाल पार्टिको ४ दशकदेखि महामन्त्री रहेका सिंहले नेताहरुको अदुरदृष्टि र गलत कामका कारण राजतन्त्र फर्कने संभावना बढेको बताएका हुन् ।
सिंहले भारतमा भएको सत्ता परिवर्तनले नेपालमा दलका नेताहरुको भूमिका बदलिन सक्ने भन्दै विश्वमा राजतन्त्र खत्तम भएर पुन आएको उदाहरण पेश र्नुभयो ।
पार्टिका कार्यकर्तालाई प्रशिक्षण दिन सुदुर पश्चिम आएका नेता सिंहले लोकतन्त्र र गणतन्त्र जोगाउन जनतानै सचेत हुनुपर्ने बताए ।
नेता सिंहले पत्रकार भेटघाटका क्रममा भारतमा हिन्दुवादी पार्टी सत्तामा आएपछि नेपालका राजावादीहरु उत्साहित र सल्बलाएको भन्दै जनताले संघर्ष गरेर लोकतन्त्र र गणतन्त्रको रक्षा गुर्न पर्ने बताउनुभयो ।