ब्राजिलको जितमा गोलकिपर नायक

काठमाडौं, असार १५ - चिलीलाई टाइब्रेकरमा ३–२ ले हराउँदै आयोजक ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
ब्राजिललाई जिताउन उसका गोलकिपर जुलियस सिजर नायक सावित भए । टाइब्रेकरमा उनले मुरिको पिनिल्ला र एलेक्स सान्चेजको पेनाल्टी बचाएका थिए ।
यस्तै चिलीका गोञ्जालो जराले हानेको निर्णयक पेनाल्टी पोष्टमा लागेर फर्किएको थियो । ब्राजिलका विलियनको पेनाल्टी पोष्टबाट बाहिरएको थियो भने हल्कको पेनाल्टीलाई भने चिलीका किपरले बचाएका थिए ।
यसअघि निर्धारित र थपिएको १ सय २० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । खेलको १८ औं मिनेटमा डेविड लुइजले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि एलेक्स सान्चेजले बराबरी गोल फर्काएका थिए । त्यसपछि ५४ औं मिनेटमा ब्राजिलका हल्कले बललाई पोष्टमा छिराएपनि उनले ह्याण्ड गरेको भन्दै रेफ्रीले त्यसलाई गोलको मान्यता दिएनन् । पहिलो क्वाटरफाइनलमा अब ब्राजिलले आउँदो शुक्रबार राती कोलम्बियासँग खेल्ने छ ।
Tags: , , , , ,

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page