जगजित श्रेष्ठ प्रशिक्षणका लागि पोल्याण्ड जाने

काठमाडौ, जेठ २३ – नेपाली राष्ट्रिय फुटवल टोलीका मिडफिल्डर जगजित श्रेष्ठ २ महिना लामो प्रशिक्षणको लागि पोल्यान्ड जाने भएका छन् ।
श्रेष्ठलाई पोल्यान्डको प्रिमियर लिग क्लब ज्यागिल्लोना वाएलिस्टोकले प्रशिक्षणको लागि बोलाएको हो । क्लबले औपचारिक पत्र पठाइसकेकोले केही दिनमा भिसा प्रक्रिया पूरा गरी पोल्याण्ड जाने तयारी गरेको श्रेष्ठले उज्यालोलाई बताउनुभयो । क्लबले उहाँको भिसा प्रक्रियामा सहयोग गर्न काठमाडौको पोलिस कन्सुलेट कार्यालयलाई पत्र समेत पठाएको छ ।
क्लबले पठाएको पत्रमा श्रेष्ठको प्रशिक्षण जुलाई १ तारिखदेखि शुरु हुने उल्लेख छ । नेपाली राष्ट्रिय फुटवल टोलीका पूर्व सहायक प्रशिक्षक रिचार्ड ओरोलोस्कीको सहयोगमा श्रेष्ठलाई यो अवसर मिलेको हो । ज्यागिल्लोना वाएलिस्टोक पोलिस प्रिमियर लिगको यो सिजनको तेश्रो स्थानको क्लब हो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page