धरौटीमा छुटे २८ युवा

चितवन जेठ २३
सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएका २८ युवा बिहीबार जिल्ला प्रशासन चितवनबाट धरौटीमा रिहा भएका छन् । उनीहरुलाई लिइएको धरौटी रकम फरकफरक रहेको छ ।उनीहरु धरौटीमा रिहा भएपनि चितवन प्रहरीले तारेखमा आउने गरी निर्देशन दिएको छ । उनीहरुको गतिविधिका सम्बन्धमा नियमित निगरानी राखिने चितवन प्रहरी प्रवक्ता डीएसपी शान्तिराज कोइरालाले बताउनुभयो । उनीहरुको पटके संलग्नता भेटिए थप कडा कारबाही गरिने प्रवक्ता कोइरालाको भनाइ छ । प्रहरीले अन्य आधा दर्जन युवाहरु फरार भएको जनाएको छ ।नीति राई, प्रमिश राई, प्रकाश रेग्मी, हेमन्त बास्तोला जनही २१ हजार धरौटीमा रिहा भएका छन् । सबैभन्दा बढी धरौटी तिर्नेमा चन्द्र तिमिल्सीना रहेका छन् । उनको ४० हजार धरौटी माग भएको प्रहरीले जनाएको छ । त्यस्तै कुमार भड्डुको २८ हजार, भीष्म खनालको १७ हजार धरौटी माग भएको छ । वैभब श्रेष्ठ, उत्सव अधिकारी, संजोग लामा, सुवास गुरुङ जनही १२ हजार धरौटीमा छुटेका छन् ।गौरव ढकाल, विश्वास रायमाझी, गौतम लामा, नन्दप्रसाद भट्ट, कृष्ण फुयाँल, ईश्वर राई, संजय राई, आशिष कँडेल, सुरज तामाङ जनही ५ हजार धरौटीमा छुटेका छन् । त्यस्तै विवेक श्रेष्ठ, भीमसेन तामाङ, शैलेश तामाङ, कीर्तन श्रेष्ठ, अमृत तामाङ, शिव थापामगर, राज घले जनही ३ हजार धरौटीमा छुटेका छन् । नवीन थापामगर २ हजार धरौटीमा छुटेका छन् । चितवन प्रहरीले गत वैशाख २८, ३०, ३१ र जेठ १ र २ गते उनीहरुलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएको थियो ।
Tags:

About Author

iLikeChitwan ,email:-ilikechitwanblogspot@gmail.com, Facebook:-https://www.facebook.com/ilikechitwan

Share this Page